May 13, 2010

मनोज को नयाँ अचार

बैशाख २९ मा,मनोज गजुरेल ले आफ्नो जन्मदिनको दिन को अवसर पारेर उदाङ्ग परेको यो भिडियो तपाईहरु सामु साझा बनाएको छु . यो भन्दा पहिले उन्ले निकालेको १० वर्ष पछि को नेपाल पनि निक्कै उत्कृस्ट सिर्जना को रुपमा लिईन्छ .



जन्मदिनको केक जस्तो होइन देश
चट्ट काट्यो बाँडी खायो पहाड मधेश

विश्वकपको मैदान होइन, सार्वभौम देश
दुनियाँ आउने छिर्के लाउने, काला-गोरा फेस

भाइ फुटाइ, राष्ट्र टुटाइ मार्नु हुन्न देस
जनता होइन टुर्नामेन्टको बाघचाल र चेस

भाउजुको दाइजो दाइको अंश होइन देश
भिन्न जाति, भिन्न भाषा मातृभूमि एक

No comments:

Post a Comment