Aug 28, 2010

फुटबल खेलियो रमाइलो भयो !

-28th August, 2009
ए .आई .टि थाइलेडं
खेल खेल्नु आफैमा रमाइलो त्यसमाथि बादल लागेको मौसममा झन सबै साथी भाई हरु मिलेर चट्ट ए .आई .टि को मैदान मा फुटबल खेल्नु को त मज्जा नै बेग्लै. आज नेपाल इन्जिनीयर एसोसियसन बैंकक केन्द्र को आयोजना मा ए .आई .टि मा अध्ययनरत अनि कार्यरत साथि हरु मिलेर मैत्रीपूर्ण फुटबल खेलियो . नेपाल इन्जिनीयर एसोसियसन बैंकक केन्द्र का संस्थापक अध्यक्ष श्री ज्ञानेन्द्र आर . स्थपित बाट पेनाल्टी सुट आउट गरि सुरु गरेको खेल निकै मैत्री पूर्ण तरिकाले रमाइलो गर्दै खेलियो . मुख्य खेल सकिए पछि खेलेको पेनाल्टी सुट आउट पनि निक्कै रमाइलो भयो . खेल मैदान को छेउमा बसेर रमाई रहेका दर्शक ले पनि खेलमा झनै रौनक थपेका थिए . जे होस् पढाई अनि रिसर्च को तनाब को बिचमा ए .आई .टि मा अध्ययनरत नया र पुराना बिच घुलमिल हुन र मैत्री पूर्ण सम्बन्ध कायम गर्न यो खेलले भूमिका खेल्यो भन्ने मलाई लागेको छ .
खेल रमाइलो बनाउन सहयोग गर्ने सम्पूर्ण लाई नेपाल इन्जिनीयर एसोसियसन बैंकक केन्द्र को तर्फ बाट धेरै धेरै धन्यवाद छ !

- बिरोध रिजाल