Jun 19, 2011

नेपाल र क . नेपाल को कुरा !


दैनिक होहल्ला, कोलाहल, फोहोर अनि धुलो र धुवाले ग्रस्त सडक मा यात्री बनेर पुरानो रंग खुइलिएका घरहरु आखामा सजाएर एकले अर्कोलाई धकेल्दै हिड्ने बटुवाहरुको  को बिचमा हराईरहेको आफु भित्र सदैब केहि परिबर्तन का भावना हरु जगिनै रहन्थे | बास्तबिकतामा कुनै प्राचिन समाज र निक्कै सुस्त गतिको विकास भैरहेको आभास हुन्छ यो ठाउँ देखेर | मैले आफैले कति पटक केहि सामान्य कुरामा  मा परिबर्तन गर्ने प्रयास पनि नगरेको हैन, गाडी मा हिड्दा होस् या पसलमा समान किन्दा वा अस्पतालमा टिकट किन्ने लाईन होस् या बिजुली को बिल तिर्ने लाइन म संयमित हुन्छु म अलि सभ्य बन्ने प्रयास गर्छु | म अलि शान्त हुन चाहन्छु , अफ्नो अधिकार प्रयोग गरे पनि अरुलाई सकभर असर नपर्न खोज्दछु  | ती मेरा प्रयास मा  म नै निरिह भएको आभस हुन्छ, कहिले काहिँ म नै पिछडिएको जस्तो लाग्छ, म नै केहि गर्न नसको जस्तो लाग्छ | एस्ता भावना को बिचमा म आफै निर्क्योल निकाल्ने प्रयास गर्छु कि मेरो गल्ति हैन , म पछाडी परेको छैन र म सोच्दछु यो समाज पनि मेरो ठाउमा आउने छ कुनै दिन |
नेपाल भित्र बसेर र नेपाल बाहिर बसेर नेपाल लाई हेर्दा धेरै भिन्न लाग्दो रहेछ | नेपाल बाहिर बसेर नेपाल को लागि विकास वा ब्यबसाय कल्पना गर्नु , योजना बनाउनु र त्यसको ब्यभारिकता खोज्नु सहज छ | नेपाल भित्र तेस्तो माहोल बनिसकेको छ जहाँ आस्था , मूल्य मान्यता हामी भन्दा धेरै पर छन्  | राजनैतिक संकटको यो घडी मा बल, धम्कि र रवाफ ले समाजलाई धकेली रहेको छ | भासन र गफ मा संसार को उत्कृस्ट राजनीतक चेतना भएको देश नेपाल हो र हामी एतिहासिक परिबर्तन देखईदिन्छौ भन्ने नेता अवसरबाट, सत्ता प्राप्ति को लिप्सा मात्र हैन गुण्डाराज बनेर समाज लाई त्रसित बने रहेका छन् | घुस बिना भुस पनि नउडाउने कर्मचारी हरु भन्छन तलब भनेको आफिस आउन लाई हो काम गर्ने पैसा त छुटै चाईयो नि | बाटोमा ट्राफिक पुलिसलाई माइक्रो को डाइभर ले थर्काउछ, तेल हाल्ने लाइनमा जो पछि आउछ तेही अगाडी बस्छ अझ उल्टै उसले थर्काउछ, पासपोर्ट बनाउन लाई मद्यरात मा लाइन बस्न जानु पर्छ, एडीएसएल ग्राहक सेवा चार बजे बन्द हुन्छ, अफिस समयमा फोन गर्यो भने उताबाट उत्तर आउछ,यता त ठिक छ तपाईं कि भाडो नै बिग्रेको होला एकचोटी बन्द गरेर खोल्नुस त | मानौकी मैले त्यो भाडो पहिलो पटक देखेको छु | अनि बाटोको फोहोर त कुरै नगरौ | यी त भए सामान्य आखाले छर्लंग देखिने कुरा | काम गर्नोस, ब्यबसाय गर्न्नोस  अलि परिवतन का  कुरा गर्नोस या सानै ठाउमा भए पनि केहि बिकासको कुरा गर्नोस यी सबै काम मा तपाईं नेता बन्नु पर्ने छ, तपाईं डन बन्नु पर्ने छ, तपाईं ले बोलीको आवाज अलि ठुलो पर्नु पर्ने छ र  तपैंले हल्का रवाफ देखाउनु पर्ने छ | हैन भन्ने तपाईं लाग्दै नलागे हुन्छ ती काम तिर | केहि अपवाद लाई छोडेर देश र समाज को अवस्था येस्तो छ |
यी र एस्ता कुरा गर्दैमा देशमा केहि पनि भएको छैन, देश पुरै अधोगति मै गएको छ भन्नु पनि मुर्खता हुन्छ होला | तर देश विकास र समाज विकासका कुरा जहिले पनि सापेक्ष हुन्छन ती कुरा हरु तत्कालिन अवस्थामा बाकि संसार संग तुलना गरिन्छन | काम गर्ने सानो, गफ गर्ने ठुलो , कानुन मान्ने सानो कानुन मिच्ने ठुलो | उहिले उहिले एउटा पोस्टर मा आउने गर्थियो “मान्छे “ भनेर , “उपदेश दियो मुन्टो बतार्छ,  सहयोग गर्यो टाउको मा टेक्छ , क्षमा गर्यो काँतर सम्झन्छ “ यस्तै यसतै |  अहिले हाम्रो समाजको चाला तेस्तै लाग्छ |
सबै ले देखेकै कुरा हो , सबैले भोगेकै कुरा हो , लेखेर साध्य छैन| तर देशको येस्तो अवस्थामा आउन को जिम्मेवार त | यी सबै कुरा हरु मनमा खेलाउदै थिए ekantipur.com   मा क. प्रदीप नेपाल को एउटा लेख भेटाए (हेर्नुहोस यहाँ ) | पढे राम्रो लाग्यो, अलि भावनात्मक पनि बने | यो लेख आउनु भन्दा तीन दिन पहिले पुतली सडक को एउटा रेस्टुराँ मा बसेर खाजा खादै गर्दा, संगैको टेबलमा बसेको एक युवकले सिक्किम भर्मण गएर आएको र तेहा बिकाशको बारेमा उसको साथि हरुलाई सुनाएको गफ मलाई निक्कै रोचक लागेको थियो र मैले सबै कुराले साथ दिएमा एकचोटी सिक्किम घुम्न जाने विचार गरिरहेको छु | क. नेपाल ले उल्लेख गर्नु भएको उदाहरण फिनल्याण्ड र सिक्किम को छुट्टा छुट्टै बिकाशको पाटो होला, फरक बाटो होला, सारथि फरक होलान तर सार एउटै छ | फिन्लान्द्को जनताको साझा प्रयास होस् या सिक्किममा पवन चामलिंग को नेत्रितो होस् दुवै देश र जनता अनि आर्थिक प्रगति, बिकाश र समुन्नत समाज निर्माणको लागि हो | के हाम्रो देश का जनताले तेस्तो गर्ने बेला आएको छैन | के हामी अझै आफैले आफलाई ठुलो बनाएर बस्ने बेला हो अथवा हामीले कुनै पवन चामलिंग  भेट्टाएका छैनौ ?
अझै पनि येह सिद्धान्त को खेल छ त्यो खोल मात्र हो, सबै सिद्धान्तको खोल भित्र लुकेर अहिले सत्ता, कुर्सि, शक्ति  र पैसाको खेलमा लागेका छन् | जसले सिद्धान्त भन्दा विकास ठुलो भन्छ तेस्को उन्नति छैन | क. नेपाल पनि त तेसै को सिकार हो, यो दिग्भ्रमित भयो, एसले पार्टी को सिद्धान्त छाड्यो, यो धुल्मुलायो, एस्ता एस्ता आरोप लागेकै हो |  यहाँ माथिको “जय हो” नगर्नेले येस्तै नियति भोग्नु पर्छ | पार्टीले एक्लो बनाउछ, बेहैसियत बनाईदिन्छ |  
अहिलेको राजनैतिक नेत्रितो मा यी सबैलाई कुल्चेर अगाडी बढ्ने सहस र दृढ इक्ष्या भएको व्यक्ति देखिएन | जब सिद्धान्तको को खोल भित्र भएको बिकाशलाई बाहिर निकालिन्छ तब मात्र देशमा केहि सकारात्मक परिवर्तन को आशा गरौला | नभए यो कछुवा गतिको बिकाशमै  चित्त बुझाउनु पर्ने छ | खाचो छ एक नेत्रितो को |