कथा (अपूर्ण प्रेम )

यो पूर्ण रुपमा प्रेम कथा हो !
सम्पादन नगरिएको (Unedited version)
बाहिर निक्कै जाडो छ । बर्षको सबै भन्दा चिसो दिन हुनु पर्छ आज । तापक्रम माइनसमा दस काटेको मेरो अनुमान छ । मलाई यो जाडो देख्दा लाग्छ दिनहरु कटाउन मुस्किल पर्ने छ यहाँ । अझै मैले दुई बर्ष जति यो जाडो खेप्नु पर्ने छ । यो स्विडेनको उत्तरी भाग कोस्टल रिजनमा पर्ने एउटा खाडी(बे)मा अवस्थित पुरानो शहर हो । सत्रौ शताब्दीमा बसेको यो शहर सुन्दर त छ नै त्यो भन्दा पनि मेरो लागि यो अनौठो छ । चारै तिर हिउँले ढाकिएको सडकमा बिहान सबेरै देखि लामो ओभर कोटमा चुरोटको धुवाँ उडाउदै हिड्ने खैरो (ब्लोन्ड ) कपाल र निलो आँखा गरेका मानिसहरुको बिचमा म आफुलाई बिरानो महसुस गर्छु । म अगस्तमा यहाँ आएको, तापक्रमले जेरो हानेको नोवेम्बर सुरु हुँदा नहुदै हो । बाहिर अहीले पुरै हिउँले ढाकेको छ। जाडो अती नै बढेकोले कमै मनिसहरु देखिन्छन बाहिर सडकमा । सबै जना घर भित्रै सेन्ट्रल हिटिङ सिस्टममा काम गर्न बेस्त छन् ।

हामी एउटा छोटो यात्रामा निस्किएउ म, मेरो एकजना नेपाली साथि र यहाको स्विडिस साथि उसकै गाडीमा करिब एक घण्टा लामो यात्राबाट पुगिने स्किंगको लागि। फराकिलो सडक र दोहोरो सडकलाई छुट्टाएको फूलै फूलको लाईनले यो सडक लाई निक्कै सुन्दर देखाउछ । तर यो समय अलि धरै चिसो र हिउ पर्ने भएकोले त्यो फूलको ठाउँ मा अहिले हिंउको खात मात्र छ । टुप्पो तिर सुरिलो परेका सल्ला को जस्तो देखिने रुख बाटोको दुबैतर्फ ढाकेको । पात नभएका ती मुडुला रुखहरुमा पनि हिंउको तह नै बसेको थियो । ४ इन्च जति हिंउले ढाकेको सडकमा हाम्रो कार हिंउलाई मिच्दै कुँदन सुरु गर्यो । सडक र सडकको छेउमा भएको जंगल भित्रसम्म हिउँले ढाकेको छ । रुखहरुको भित्र भित्र क्षितिजसम्म सेताम्य छ । सडक चिप्लो छ अनि कतै कतै हिउँको थुप्रोमा चिप्लिन्छ हाम्रो कार पनि । 

बाटोमा हिड्ने मानिसहरु छैनन् । यो बिशाल सडकमा केहि कारहरु मात्र ओहोर दोहोर गरेको देखिन्छ  । बस यत्ति हो यहाँको चहलपहल तर बाताबरण खुबै रमणीय लागिरहेको छ मलाई, बिसेष गरेर यो हिउँ ले ढाकिएको क्षितिज सम्म देखिने फराकिलो सडक । केहि समय पछि फेरी हिऊ फुसफुसाउन सुरु गर्यो । हामी गाडी रोकेर अगाडी सिसा मा थुप्रिएको हिउँ पुछ्दै अगाडी बढ्यौ । करिब एक घण्टा को यात्रा पछि हामी जंगलको बिचमा चौरमा चिप्लिरहेका मानिसहरु भएको ठाउँ मा पुग्यौं । यो यहाँ को प्रसिद्ध स्की खेल्ने ठाउँ रहेछ । टाढा टाढा बाट मानिसहरु यहाँ स्की खेल्न आएका रहेछन । अलि भित्र तिर पुगे पछि रिस्की (Risky) अनि एडभेन्चरस (Adventurous)ठाउँ हरु पनि थियो तर हामी संग स्की खेल्ने पुरानो अनुभव नभएकोले धेरै भिरालो नपरेको ठाउँ मा बिस्तारै बिस्तारै खेल्यौ । खेल्दै खेल्दै जादा सन्तुलन मिलाउन नजानेर मेरो साथि को खुट्टा झन्डै गैसकेको थियो । पछि हेर्दा खासै केहि भएको रहेनछ । उनले रेस्ट गरिन, म र स्विडिस साथि एकछिन खेलीरहयौ । दिनभरी को खेलाई पछि अब हामी फर्कने तरखर मा छौ । आर्टिक रिजन को छेउ छाउ यहाँ को दिन र रात अच्चम्म लाग्दो छ । यो डिसेम्बर को समय हो यहाँ हिजोआज छ घन्टाको मात्र दिन हुन्छ । बिहान नौ बजे उदाएको सुर्य तिन बज्दा नबज्दै अस्ताई सक्छ । तर समर मा बाइस घण्टा सम्मको दिन काट्न पनि मुस्किल नै परेको थियो । आज हामी फुल ड्रेस-अप मा थियौ । माथि लामो ओभरकोट, टाउकोमा टोपी अनि खुट्टामा प्यान्ट पनि भित्रै घुसार्ने गरि लगाएको बुट जुत्ता । जाडो अलि बढी नै भएकोले मेरो ओभरकोट को खल्तीमा रमको बट्टा खासै छुट्दैन । के गर्ने यो चिसो लाई कटाउन लाई रम नबोकी सुक्खई छैन । अनि स्मोक, एस्को मात्रा पनि अलि बढी नै भैसकेको छ । यो कठांग्रिएको जाडोमा सिगरेट को धुवाँ, अनि रम को चुस्की संगै हिड्नु रमाइलो लाग्छ । हुनत यो मेरो कल्पना को दुनियाँ थियो, कुनै यस्तो आइसल्याण्डमा यसरि रम अनि सिगरेटसंगै दिन काट्ने तर आज आफै ले अनुभव गर्दा रमाइलो लागिरहेको छ ।

हामी केहि खाजा र ड्रिंक्स लिएर बासस्थान तर्फ फर्कने क्रम मा छौ । गधुलिको बेला थियो सडक लाइट हरु भर्खर बलेका थिए । यो हिउँको बाटोमा क्षितिज सम्म देखिने गरि लाइन लागेर मिलेर बलेका बत्ति हरु संगको अनुभव ब्यक्त गर्न सक्दिन म, निक्कै काल्पनिक अनि रोमान्टिक लाग्दो थियो यो परिबेस ।

हामी मास्टर्स पढ्न यहाँ आएका हौ । म आएको करिब एकबर्ष भैसक्यो अनि मेरो साथि आएको करिब दुइ महिना । उनि ओक्टोबर मा आएकी हुन् अहिले डिसेम्बर । सुरुमा म यहाँ आइपुग्दा को अनुभव सायद मेरो जिन्दगिको अवस्मरिणीय क्षण होला, जुन मैले जिन्दगि मा कहिले पनि बिर्सने छैन । पृथ्बी को उत्तरी गोलार्ध को टुप्पोमा रहेको देश, मेरो घर भन्दा त्यति टाढा अनि बिरानो मुलुक म आत्तिन्थे ति दिन हरुमा । खानेकुरा देखि पिउने कुरा सबै फरक, केहि कुरा मा स्वाद नमिल्ने मलाई मेरै खाना मन पर्थ्यो । अनि चिनेको मान्छे पनि कोहि छैन, केहि मन का कुरा गरौ भन्ने पनि कोहि छैन, निक्कै सम्झना आउथ्यो मलाई मेरो घरको अनि मेरा साथी हरुको । म भाबुक बनेको थिए ति दिनहरुमा, केहि मनका कुरा पोख्नलाई केहि कविता, गज़ल अनि कहिले कहिँ मन मा भावना हरु उर्लिदा डायरी पनि लेख्न्ने गर्थे ।

अब बिस्तारै खानेकुरामा पनि बानि पर्न थाल्यो अनि ड्रिंक्स हरु पनि मन पर्न थाल्यो । यो जाडो लाई काट्न को लागि रम त मेरो साथि नै भएको थियो । यहाँ धेरै देश का मानिसहरु पढ्न आउछन अनि सबै जना कलेज भित्रको अक्कमोडेसन (डोर्म) मा नै बस्छौ । लगभग बाह्र जनाले शेयर गर्ने एउटा किचेन छ । हामी दुई जना नेपाली, केहि चाइनिज अनि बंगाली साथी हरु मिलेर बसिरहेका छौ । आहिले त बानि नै भैसक्यो जस्तो खाना पनि खाने तर सुरुमा निक्कै नै गार्हो भएको थियो खाने कुरामा । यो ठाउँ मा कोहि पनि अरु नेपाली साथी हरु थिएन त्यसैले कहिले काही गफ गाफ गर्नकै लागि भएपनि म स्टकहोम जाने गर्थे अनि त्यहाँ नेपाली साथीहरु संग कुरा गर्न पाउदा रमाइलो लाग्थ्यो ।

उनको नाम सलीता, उनि टेक्नोलोजी म्यानेजमेन्ट मा मास्टर्स गर्दै छिन यहाँ । दुई महिनादेखि उनि आएपछि मैले सामिप्यता महसुस गरेको छु अनि गफ गर्ने साथी पनि पाएको छु । उनले पनि बिरानो अनुभव गर्नु परेन, सुरुसुरुमा मैले जस्तो । हामी एउटै यूनिभर्सिटीमा पढ्छौ, बिषय मात्र फरक हो । सलीता बोल्नमा निक्कै अगाडी छिन अनि मिठो सैली मा सिधा र प्रस्ट कुरा गर्छिन । आहिले को प्रविधि, आधुनिकता लाई राम्रो बुझेकी छिन तर पनि यी कुरा हरुमा उनको अफ्नो फरक विचार पनि छ उनको । यस संगै नबगे पनि उनि पछाडी भने पर्दिनन । म अलि लजालु स्वभाव को मान्छे बच्चैदेखि, तर पनि यो परदेश को ठाउँमा आएपछि अलि कुरा गर्न मन लाग्छ मलाई । प्राय भेट्दा उनि हातमा सिगरेट लिएर बसिरेहेकी भेटिन्छन अनि बेलुका सधै रम को बट्टा को साथमा। खासै परबाह छैन उनलाई यी कुरा हरुमा  स्कूल देखि नै बानि परेको अनि घरमा पनि येस्तो अवसर मिलि राख्ने भएकोले । तर मलाई डर लाग्छ यो कुरा लत बन्ला कि भनेर । यस्तो कुरा गर्दा उनि हास्ने गर्छिन “केटा मान्छे भएर पनि यति सारो चिन्ता गर्ने हो, छोडिदेउ यस्तो कुरा” भन्दै । जे सुकै भएपनि म खुसि नै छु उनको आगमन मा, जिन्दगि रमाइलो लागेको छ उनलाई भेटे पछि । अध्ययन को क्रम जारि छ, हामि अफ्नो अफ्नो पढाई मा अलि बेस्त नै हुन्छु । प्राय: प्रत्येक दिन हाम्रो भेट घाट पनि भै रहन्छ , अनि हामी आफ्ना कुरा एक अर्कालाई सुनाउने गर्छौ। मलाई उनका कुरा सुन्दा अलि “हाई-फाई “ जस्तो लाग्छ , तर उनि त्यसमै जिएकी छिन र बास्तबिकता पनि त्यहि नै हो । अलि अव्यबहारिक देखिए पनि अफ्नो काम मा निकै गम्भिर छिन उनि, अनि दिल खोलेर कुरा गर्छिन, साह्रै चित्त बुज्छ मलाई ।

घाम पश्चिम मा ढलिसकेको थियो, म डिनर बनाउने तरखरमा थिए, अलि नराम्रो खबर आयो । स्टुडेन्ट युनियन को मान्छेले फोन गर्यो । मेरो साथी, सलिता को एक्सिडेन्ट भएछ, साथी हरु संग घुमेर फर्कने क्रम मा , अनि अहिले हस्पिटल मा राखेको कुरा सुनायो । म आत्तिए, अब के गर्ने सोच्न थाले । झटपट सबै कुरा छोडेर हस्पिटल तिर लागे । मनमा धेरै कुरा हरु खेल्न थाले, यति टाढा को ठाउँमा दुर्घटना पर्यो र उनको अफ्नो मान्छे भनेको म मात्र हो । कस्तो छ होला उनलाई, अलि बढी नै पो हो नि म यस्तै यस्तै कुरा हरु मनमा खेलाउदै हस्पिटल पुगे । उनको हातमा अलि गम्भीर चोट लागेर निरन्तर रगत बगी रहेको रहेछ । उनि बेहोस भएर सुतिरहेकी जस्तो देखिन्छ । एकछिन मा डाक्टर ले भने “नत सो सेरिअस, दन्त वरी अंद प्लिज मेक सम अरंजमंत ओफ ब्लोद” । स्विडिस लवज को अंग्रेजीमा रगत को व्यवस्था गर्न भन्यो उसले । रगत महँगो छ यहाँ किन्नलाई, मैले अलि पैसा जुटाउनु पर्ने हुन्छ । मैले आफ्नै रगत पो दिन मिल्छ कि भनेर जचाए, संयोग हो या यो भगवान को इक्छ्या हो, मेरो रगत दिन मिल्ने भयो । मलाई धरै हल्का महसुस भयो । मैले एक पौण्ड रगत दिए, केहीबेर पछि उनको होस् आयो । उनि निक्कै अलमल मा परिन, हस्पिटल को कोठा, छेउमा म बसिरहेको छु कुरेर, अनि ओरिपरी खैरा मानिसहरु । झन्डै तीन दिनको हस्पिटल बसाई पछि उनि डोम मा फर्कीन । ठुलो दुर्घटना बाट बाँचिन , भाग्य बलियो रहेछ ।

आजकल अलि कम बोले जस्तो लाग्छ उनि । हातमा चुरोट सल्काएर टोलाएर बसेको भेटिन्छ उनलाई । एक्कमोदेसन भवन को कर्नर मा रहेको स्मोकिंग जोन को भित्तामा आड लागेर चुरोट तान्दै गरिरहेकी हुन्छिन । मलाई हेर्ने नजर पनि अलि फरक भएजस्तो लाग्छ मलाई, अलि माया र आदर भावले हेरे जस्तो लाग्छ । उनि दुर्घटना मा परेको बेला मैले गरेको सहयोग मा उनले मलाई धेरै धेरै धन्यवाद ब्यक्त गरिन । उनले जिन्दगि पाएको यो सहयोग कहिले पनि नबिर्सिने र यसले उन्को जिन्दगि प्रतिको बुझाई नै अलि परिबर्तन भएको बताइन । “ तिम्रो सहयोग ले म यति गम्भीर छु त्यो म ब्यक्त गर्न सक्दिन, मैले त्यसको मूल्य फर्काउन सक्ने छैन , तर यो मेरो सानो मायाको चिनो”, येस्तो भन्दै उन्ले एउटा उपहार मलाई टक्र्याईन, मैले केहि बोल्न सकेन, ग्रहण गरे उन्को चिनो । अति नै गम्भिर थियो यो समय, त्यस्तो चन्चले केटि पनि, मलिन मुद्रा मा सोचमा डुबेकी थिइन । केहि बेर कुरा गरेर बस्यौ हामी दुई जना, कुरा हरु निक्कै शान्त र गम्भिर हुन पुगेछन । जस्तो परे पनि जिन्दगि लाई अस्ताउन दिनु हुदैन, हासोमै जिउनु पर्छ भन्ने मैले सोचे । अनि यो सुन्यता लाई चिर्दै उनलाई आज क्लब तिर जाउँ भन्ने प्रस्ताब राखे । उनि बिरामी भएकोले क्लब तिर नगएको पनि धेरै नै भैसकेको थियो । उनि मुस्कुराइन अनि फेरी धन्यवाद ब्यक्त गर्दै क्लब जाने तयारीमा लागिन ।

यस्तै यस्तै कुरा हरु संगै हाम्रो मित्रता अगाडी बढी रहेको थियो । हाम्रो पढाई पनि राम्रो संग चली रहेको थियो । वीकेन्ड मा कतै घुम्न गइन्थ्यो, अनि कहिले क्लबतिर र कहिले काहिँ खानेकुरा बनाएर खादै मा बित्थ्यो । सलिता आएपछि जे होस् नेपाली खाने कुरा हरु पनि धेरै नै बनाएर खाइसकियो । कहिले म: म : त कहिले आलु पकौडा अनि अचार पनि मिठो हुन्थियो हामीले बनाको । घर मा हुदा केहि पकाउन न आउने भए पनि अहिले धेरै परिकार हरु बनाउन आउने भै सक्यो, अनि मन पनि लाग्छ बनाउन लाई । यो  सबै परिस्थिति को कमाल रहेछ के मा मन लाग्ने के मा मन नलाग्ने भन्ने कुरा पनि । उनि र म केहि ठट्टा मजाक गर्दै रमाइलो गर्दै दिन हरु बिताई रहेका छौ । मेरो लजाउने बानीमा कहिले उडाउने र जिस्काउने प्रयास गर्थिन उनि। कहिले काहीं रिस उठ्थ्यो मलाई तर के गर्ने यती टाढा बिरानो ठाउँ मा बोल्ने साथी उ मात्र हो, रिसाएर पनि के गर्ने । उन्को मन को कुरा फ्याट्ट भन्ने बानि भएको ले पनि मलाई उन्ले जिस्काए पनि, मन देखि उनि सफा छिन भन्ने लाग्छ, हुन पनि उनि संगको संगत अब त धेरै नै पुरानो भै सक्यो ।

समय बितेको पत्तै हुदैन रहेछ । म यहाँ आएको पनि साढे दुई वर्ष नाघी सकेछ । मेरो ग्राजुएसन को बेला पनि आइरहेको थियो । जुलाई २५ मा मेरो ग्राजुएसन को दिन, तेस्पछी को जिन्दगी अनिश्चित नै छ । कहाँ जाने के काम गर्ने केहि टुंगो छैन ।

मेरो ग्राजुएसन पनि सकियो । मेरो सफलता मा म खुसि छु तर पनि यो जिन्दगि को अनिश्चिता ले सताइरहन्छ । नेपाल फर्कने कि यतै काम गर्ने कि, म दोधार मा छु । पारिबारिक दायित्य पनि छ, मेरो जिम्मेबारी पनि बढी रहेको छ घर मा । यस्तै अनिश्चित जिन्दगि मा एउटा खुसि को कुरा आयो । मैले स्टकहोम मा इन्टर्नसिप गरेको मल्टीनेसनल कम्पनीले मलाई काम गर्नको लागि लन्डन मा बोलायो । मेरो खुसि चुलिएको छ आज, अलि सुन्दर भबिस्य को कल्पना गर्दै छु म। अब अगष्ट आठ देखि त्यो कम्पनी मा काम गर्न जानेछु । मेरो बसाई धेरै छैन अब यो ठाउमा । मलाई स्वीडेन पनि आफ्नो लाग्न थालिसकेको थियो अब यहाँ का धेरै कुरा मलाई मेरै जस्तो लाग्थ्यो । अनि स्वीडेन संगै सलिता लाई पनि छोडेर जानु पर्छ मैले । उनि आए पछि मरो जिन्दगि मा थाहै नपाई खुसि छाएको अनुभव भैरहेको थियो मलाई । अब ति दिन हरु याद मा मात्र सिमित हुने भए । उनि कुरा अनि ब्यबहार मा चंचल छिन तर काम मा त्यतिकै गम्भीर पनि छीन । सामन्य कुरा मा खासै चिन्तित देखिदैनन । जिन्दगि लाई सजिलो संग लिने उन्को यो बानी मलाई खुबै मन पर्छ मलाई  । अहिले पछिका दिनहरुमा झन उनि र म बिच धेरै कुरा हरु हुनथालेका थिए । हामी घन्टौ सम्म पनि कुरा गरेर बसेको पत्तो हुदैनथियो । उन्ले मलाई भन्ने गर्थिन जहिले पनि “ यू आर भेरी स्पेसल टू मी, यू सेभ्ड माई लाइफ “ मैले के नै गर्न सक्ने छु र यो कुरा म जिन्दगि भरि सम्झीराख्न्ने छु, कुनै दिन मैले तिम्रो लागि केहि गर्न सके भने त्यो मेरो खुसि को दिन हुनेछ । उनका यस्ता कुराले मलाई भाबुक बनाउने गर्थ्यो । उनि पनि अफ्नो अनुहार मा भावनाका लहर हरु देखाउथिन, अनि मलिन र सानो स्वरमा ब्यक्त गर्थिन भावनाहरु । हामी यति धेरै कुरा गर्ने भएर पनि माया प्रेम को बारेमा सोचेका छैनौ । केवल हासो, ठट्टा अनि रमाइलो कुरा मात्र हुन्छ । खै किन हो कुन्नि उनलाई माया प्रेमका कुरा हरु नाटक लाग्छ रे । उनि आफै मा फ्रयांक भएकोले यस्तो कुरा जायज नै लाग्छ मलाई ।

अब धेरै छैन मेरो स्वीडेन बसाई अनि सलिता संग गर्ने यी गफ हरु पनि  । पर्सि बिहान सबेरै ८ बजे को टिकट छ मेरो लण्डन को लागि । मैले सोचे , म गए पछि पक्कै पनि अलि गार्हो पर्ने छ सलिता लाई, मलाई कस्तो कस्तो लागि रहेको छ यो क्षणमा । पट्टक्कै चाहना छैन अहिले यो ठाउँ छोड्न लाई । तर के गर्ने यो जिन्दगी चलाउन लाई एक्कै ठाउँ बसेर नहुने रैछ, मिलन बिछोड जिन्दगीको खेल नै हो ।

पर्सि जाने भएकोले बेलुका गफगाफ गर्न सलिता मेरो डोम मा आइ पुगिन । हात मा चुरोट सल्काएर धुवाँको मुस्लो उडाउदै भित्र पसिन । “ अब त तिमि गैहलने भयो, बोरिंग जिन्दगि “ भन्दै थिईन मलाई । म अलि भाबुक बनि सकेको भएपनि सलिताको चंचल पनको अगाडी मेरा भावनाहरुले त्यति प्रश्रय पाइरहेका थिएनन । बिहान उठेर केहि गर्न भ्याईदैन त्यसैले सबै सामान प्याकिंग को काम अहिलेनै सक्काउनु पर्छ ।
हामी दुई जना मिलेर सबै समान हरु प्याकिंग गरेर ब्याग मिलाउने काम गर्यौ । “अब फेरी लन्डन मा मोज गर्ने भयौ है, मस्ती छ जिन्दगि मा “ भन्दै उनि मलाई जिस्कौथिन तर म केवल मुस्काए मात्र । मलाई बोल्न अलि गार्हो भै रहेको छ , भित्र भित्रै उनि संग प्रेम भएको भान हुन्छ तर उनका कुराहरु सुन्दा लाग्छ उन्ले कहिले यस्तो सोचेकि  छैनन् । मलाई एकदमै धेरै कुराहरु भन्न मन छ । म यसै पनि कम बोल्ने मान्छे भएकोले मेरो मन भरिएको छ, धेरै कुरा हरु भन्न मन छ । उन्ले मलाई जिस्काउदा मलाई झट्ट उत्तर नआएपनि अहिले जवाफ छ मसंग । अनि उन्ले तारिफ गर्दा कुराहरुको ‘कम्प्लिमेंट्स’ पनि छ अनि यो छुट्ने बेलामा म संग थुप्प्रै कुरा हरु छ भन्नु पर्ने , तर म बोल्न सकिरहेको छैन  मेरा आँखा हरु केवल टोलाई रहेका छन्  उनका गफ हरुमा मलिन स्वर थप्दै प्याकिंग तयार भयो अब भोलि बिहान सबेरै लाग्नु पर्छ ट्रेन स्टेशन तर्फ  अघिदेखि बेसुर्तासंग गफ हानी रहेकी सलिता अहिले अलि गम्भीर बन्दै गईन  उनि मलाई हेरेर अलि टोलाए जस्तो लाग्यो, एकछिन उनि पनि बोल्न बन्द गरिन म पनि चुप चाप लागे  हामी दुवै जनाको आँखा कहाँ टोलाई रहेको छ थाहा छैन  एकछिन पछि झट्ट मैले उन्को आँखामा हेरेको उनि पनि मुस्कुराइन, म पनि  मैले आँखा हटाई हाले, उनि हाँसिन आवाज संगै , अनि केहि भन्न खोजेको जस्तो लाग्यो अनि भन्दै थिइन “लन्डन गएर हामी लाइ नबिर्स है, कहिले काहिँ अनलाइन आउने कुरा गर्ने गर है “ . “कसरि बिर्सन सक्छु र “ मैले भने  “गुड “ भनेर उनि हाँसिन । अबेर राति भै सकेको थियो त्यसैले उनि आफ्नो डोम तिर लागिन भोलि बिहान भेट्ने गरेर  तर मलाई पटक्कै निन्द्रा छैन  मन बगिरहेको छ खोला बगेसरि, के के मात्र सोच्न पुग्छु अनि बहकिन्छु भावनाका लहरसंगै  बेडमा पल्टेर कोल्टे फेरी मात्र रहेको छु , छट्पट छट्पट भै रहेको छ , सायद जिन्दगीको अन्त्य नै हो कि जस्तो 

उज्जयालो भै सकेको छैन , जानु छ टाढा टाढा, छोड्नु पर्ने छ यी सबै कुरा हरु अनि अनिश्चित छ पछि फेरी यो ठाउँ मा आइएला वा यी मानिस हरु संग भेट होला भन्ने कुरा पनि  यस्तै यस्तै भावना हरु संगै यो बिछोड को मलिन अनुहार लिएर हामी ट्रेन स्टेसन तर्फ लाग्यौ  मन भरिएको छ, बाँधिएको छ, खोल्न सकिरहेको छैन मैले अनि सधै अली चंचल भएर बोलिरहने सलिता पनि आज मलिन र उदासिन मुहार छिन  केहि बोल्न खोजेको जस्तो लाग्छ उनि, तर मैले आवाज सुनिरहेको छैन  मैले मन खोलेर उनलाई अंगालो हाल्न चाहन्छु, मन भरिका कुरा हरु उनलाई दिल खोलेर सुनाउन चाहन्छु तर पनि मैले त्यति परिबर्तन स्वीकार गर्न सकिरहेको छैन आफैमा  हामी संग लगभग एक घण्टा बाँकी छ छुटिनलाई  केहि बेरको मौनतालाई चिर्दै उन्ले भन्दै गईन “ म त अब एक्लो हुने भए, हामि यसरि संगसंगै बस्यौ, हिड्यौ , डुलेउ , पढयौ ति दिन हरु फेरी कहिले आउने छैनन"  उन्को अनुहार निरस अनि मलिन थियो आँखा रसाएका देखिन्थे  उनि भन्दै गईन “तिम्ले म प्रति देखाएको उदारता अनि सहयोग, जसले मेरो जिन्दगि जोगियो, म कहिले बिर्सने छैन  तिमि मेरो जिन्दगि को बिसेष मान्छे हो, लाग्छ तिम्रो यादमा म याँहा हराउनेछु एक्लै एक्लै, थाहा छैन जिन्दगि कस्तो हुने हो  तिमि संग बिताएका हरेक क्षण हरु मलाई पल पल मिस हुने छन्"  उनका कुरा सुन्दा म झनै भावविभोर भएको छु  मैले अरु सबै कुरालाई छोडेर उनि संगै हुन चाहन्छु तर पनि म मा त्यो आँट छैन  लामो कुराकानी भयो तर मन उडी रहेको छ, कहाँ गएर अडिने हो थाछैन  अब ट्रेन आइ पुग्ने बेला भो, अगाडी राखेको जी . पि . एस डिस्प्ले मा ५ मिनेट देखाएको छ आइपुग्नलाई  मैले पनि मेरो मनमा भएका भावना हरुलाई ब्यक्त गर्ने प्रयास गरे  मैले भने “ तिमि जस्तो साथी मेरो जिन्दगि मा थिएन , छैन र मलाई लाग्दैन कोहि हुनेछ  तिमि जति चंचल छौ त्यति निश्चल छौ"  म बिर्सन सक्ने छैन यी पल हरुलाई, तिमि संगै बितायका क्षणहरुलाई  ट्रेन टक्क आएर रोकियो २ मिनेट को लागि ,यसले २ मिनेट भन्दा १ सेकंड पनि बढी कुर्ने छैन  उन्को आँखा रसाई रहेका थिए, बोल्न खोजे पनि बोलि निस्कन सकेको थिएन , म पनि त्यस्तै भाव्बिहोल भै रहेको थिए यो बिछोड को बेलामा | मन रोइरहेको थियो | बोलि फुट्न सकेन, उन्ले मेरो हात टप्पक समातिन, अनि म तिर फर्कीन  उन्को आँखा रोकिन मेरो आँखा मा  आँखा निक्कै मलिन छ , रसिलो छ | केहि बोल्ने प्रयास गरे जस्तो लाग्छ मलाई, अनि चपक्क अंगालो हालिन , एक्कासी उन्को मुखबाट फुस्कियो “ आ ..आइ . लव यू...आइ लव यू डियर ” ... “आइ विल मिस यू”..| मैले पनि कस्सिएर बाँधिएको अंगालो बाट निस्किदै भने “ आइ लव यू टू”.. | म ट्रेन माथि छु ..ट्रेन गुडीसकेको छ | मेरा आँखा हरु झ्याल बाट बाहिर पछाडी हेरी रहेका छन् ...उन्को दृष्टि ट्रेन को गति संगै आगाडी बढी रहेको थियो ..मन्द तरिकाले उन्ले हात हल्लाएर मलाई बिदा गरिरहेकी थिइन | मलाई मेरो मुटु तेही छोडेर , यो खोक्रो ज्यान मात्र सबार गरि रहे जस्तो लागि रहेछ | म ट्रेन लाई रोक्न चाहन्छु , यहि ठाउँ मा बस्न चाहन्छु | गुडिरहेको ट्रेन संगै मेरो मन उडिरहेको छ | मलाई कुनै उत्तेजना छैन यो अपरिचित बाटो को बारेमा न त कुनै उत्सुकता n छैन म जान लागि रहेको नयाँ ठाउँ को बारेमा | म केवल सलिता र उनि संग का पल हरुलाई सम्झी रहेको छु , तेही कल्पना मा हराइरहेको छु |

झन्डै दिन भरि को यात्रा पछी म लण्डन आइपुगे | मलाई एअरपोर्ट मा रिसिभ गर्नलाई एकजना मान्छे पठाएको रहेछ | उसलाई भेटे पछि कम्पनीको गाडीमा बसेर लागियो आपार्टमेन्ट तर्फ | बेलुकाको आठ बजिसकेको थियो | आज कम्पनि बाटै डिनर को व्यवस्था गरेको रहेछ | म डिनर गरेर रूम तिर लागे | नयाँ मान्छे , नयाँ परिबेस , सबै कुरा नयाँ | तर पनि म पल पल सलिता लाई मिस गरि रहेको छु | रूम मा पुगे, ल्याप-टप खोले | यहाँ वाई–फाई रहेछ, नेट कनेक्ट भयो | उनि बेग्र प्रतिक्षा मा रहेछिन | म्यासेज आई हाल्यो उताबाट | हामीले निक्कै मन खोलेर कुरा गर्येउ आज , टाढा भएर पनि | अब उनि मेरी प्रिय बनि सकेकी छिन , मेरी भै सकेकी छिन | मलाई उनलाई हेरी राख्न त मन लाग्छ तर अलि थाकेको भएर म केहि बेर भिडियो च्याट मा कुरा गरेर सुत्न गए | निक्कै छट्पट छट्पट भयो , निदाउन गार्हो भयो , आँखा भरि उन्को तस्बिर झल्की रह्यो | धेरै बेरको कोल्टे फेराइ मा निदाउन पुगेछु |

आज देखि मेरो कम्पनीको काम सुरु भयो | दिनभर म काममा बेस्त रहे, रमाइलो त छ परिबेस तर मेरो मन कतै हराई रहेको छ | बेलुका अपार्टमेन्ट फर्कने बितिकै अन-लाइन बसे, सलिता प्रतिक्षा मा थिइन, कुरा गर्न पाउदा निक्कै खुसि लाग्यो | दिनभरी का कुरा हरु शेयर गरियो | उन्ले दिनभर मिस गरेको सुनाइन, त्यो कुरा उन्को मलिन मुस्कान मा पनि स्पस्ट देख्न सकिन्थ्यो | जे होस् टाढा भएपनि झनै खुलेर कुरा हुन्छ, भिडियो मा हेर्न पाइन्छ केहि सजिलो महसुस भएको छ | लगभग हरेकदिन कुरा हुन्छ, एउटै खालको समय तालिका बनेको छ , बिहान उठे पछि एकचोटी सलिता संग कुरा गर्ने अनि अफिस जाने, दिनभर अफिस को काम मा बेस्त, अनि बेलुका घरमा फर्कियो, डिनर खायो, फेरी सलिता संग कुरा गर्यो | येस्तै बनेको छ दिनचर्या | रमाइलो लाग्छ उनीसंग कुरा गर्न पाउदा, मायाका भावना साट्न पाउदा, उनलाई अफ्नो भन्न पाउदा , अनि कल्पना गर्छु भबिस्यको उनीसंगै हुदाको | अब धेरै छैन यसरि टाढा बस्ने, छ महिना पछि त उन्को पनि पढाई सकिन्छ, अनि भेट्ने छौ हामी संगै | यस्तै यस्तै कुरा हरु संगै जिन्दगि चली रहेको थियो | कहिलेकाँही विकेन्ड मा म घुम्न जान्थे लण्डन भन्दा बाहिर तर जहाँ गए पनि जति सुन्दर ठाउमा पुगेपनि मलाइ झन झन उनको याद अईरहन्छ | साच्चिकै प्रेम के रहेछ म अनुभव गरिरहेको छु |

दैनिक अविछिन्न रुपमा उनि र म कुरा गर्दा जिन्दगिका बारेमा धेरै योजना बनाईसकेका थियौ | हाम्रो सुन्दर संसार को फ्रेम बनाई सकेका थियौ, अनि समाउने गर्थ्येउ त्यो भबिस्यको कल्पनामा |

म लण्डन आएको पनि छ महिना पुगिसकेछ , सलिता को ग्राजुयसन पनि भै सक्यो | उनि लण्डन आउनलाई पनि टुंगो छैन | त्यसैले दोधारमा थिइन नेपाल जाने कि लण्डन आउने भनेर | आज म कल्पना गर्दै थिए, सलिता लाई लण्डन मै बोलाउनु पर्यो, राम्रो काम मिल्यो भने यतै बस्छिन नमिले दूई चार दिन यता बसेर नेपाल फर्कन्छिन | बेलुका अनलाईन बसियो, उनि अलि प्रफुल्ल मुद्रामा थिइन, मैले उनलाई लण्डन बोलाउन लाई कुरा सुरु गर्दै थिए, उन्ले पेरिस मा जागिर पाएको कुरा बताईन | पेरिस मा अवस्थीत एउटा बहु-राष्ट्रिय पर्फ्युम कम्पनि मा उनलाई जागिर मिलेछ | काम राम्रो लाग्यो, करीअर लाई पनि सहयोग पुग्ने खालको | मैले पनि उनलाई काम ठिक छ, राम्रो छ ,यो राम्रो अवसर हो जाउ भन्ने सल्लाह दिए | उनी छिटै पेरिस जानु पर्ने र लण्डन आउन नमिल्ने भएकोले अलि नरमाइलो लागि रहेको थियो तर काम पाउनु पनि ठुलो कुरा हो | पेरिस मा राम्रो अवसर मिल्यो, नजिकै पनि छ , कहिले काहीं छुट्टीमा भेट्न सकिन्छ ठिकै छ नि त भनेर चित्त बुझाए | तर यो कुरा गर्न तेती सजिलो थिएन, मुटु माथि ढुंगा राखेर मैले उनलाई पेरिस जाने सल्लाह दिरहेको थिए |

आज सलिता पेरिस पुग्ने दिन, म बेग्र प्रतिक्षा मा बसिरह्को थिए उनि संग कुरा गर्न | बेलुका अनलाइन आइन, उन्को अनुहार निक्कै मलिनो भएको भिडियो मा स्पस्ट देख्न सकिन्थ्यो | नयाँ ठाउँ , उन्ले मलाई निक्कै मिस गरेको अनि आफुलाई पेरिसमा एक्लोपनले सताएको कुराहरु बताइन | यो प्रविधि को जमानामा मैले टाढै भएपनि साथ दिन सके | मलाई पनि अहिलेनै भेटौ जस्तो लागिरहेको थियो मेरी प्रियलाई | अबेर राति सम्म प्रेमपुर्बक कुरा गरियो | मन अशान्त थियो, भेटेर अंगालोमा बाँध्न मन थियो, तर उनि कोसौ टाढा छिन अहिले भेट्न सम्भव छैन | त्यस्तै तड्पनमा सुत्ने प्रयास गरे तर निन्द्रा पटकै आएन, केवल सलिता को यादमा मा डुबिरहेको थिए | सोच्दा सोच्दै भावनामा हराउदै कुन बेला निद्रामा पुगेछु पत्तो भएन |

सलिता पेरिस पुगे पछि झन भावुक भएको ठान्दछु, उनि जति बेला पनि अनलाइन हुन्छिन र केवल म संग कुरा गर्न आतुर हुन्छिन | दिउसोको समयमा मैले अफिसको कामले गर्दा त्यति समय दिन सकेको छैन | बेलुका भर हामी इन्टरनेट बाट जोडिएका हुन्छौ | दिनभरी का गतिबिधि हरु हामी बेलुका शेअर गर्छौ | उन्को काम राम्रो छ , असिस्टेन्ट मार्केटिंग मेनेजर को रुपमा काम गर्दै छिन | खासै कामको प्रेसर छैन उनलाई, त्यसैले पनि मलाई धेरै मिस गर्ने कुरा सुनाउछिन | उन्को अफिस निक्कै हाई – फाई छ रे | कर्मचारी को ड्रेस देखि अफिस को फर्निसिंग सबै देख्दा दङ्ग पर्ने खालको, निक्कै कलात्मक तरिकाले सजेको | उनि अचम्म मानेर बर्णन गर्छिन त्यो अफिस को सजावटको | निक्कै रमाइलो अनुभूतिका साथ हाम्रो कुराकानी हुन्छ दिनहु जस्तो | यो आफ्नो पनले बाँधेको छ हामीलाई, म उन्को र उनि मेरो, यहि भावनामा रमाउछौ हामी | दिन हरु बित्दैछन, सलिता पनि काम गर्न अलि सजिलो भएको र अलि बेस्त भएको कुरा सुनाउछिन | उन्को काम र घुम्झाम को फोटोहरु म दिनहु जस्तो फेसबुक मा हेर्ने गर्छु | हाम्रा दैनिक क्रियाकलाप हरु हामी बिच लगभग सबै जसो थाहा हुन्छ |

झन्डै एकमहिना भै सक्यो सलिता पेरिस पुगेको | मैले मेरो अफिस मा बिदा मिलाएर पेरिस जाने विचार मा छु | अहिले पछिल्ला दिनहरुमा धेरै कुराकानी हुन पाएको छैन | सायद सलिताको कामको बेस्तता ले हुन सक्छ | तर पनि हरेक दिन बेलुका कुरा भै रहेको छ | तर अलि परिबर्तन आयो यी दिन हरुमा | मलाई यस्तो लाग्छ , हिजो आज कुरा गर्दा पहिले जस्तो भावनात्मकता देखिदैन  उनिमा  | तर म सोच्छु, उनि मेरै हुन् अन्यथा सोच्नु हुदैन , कामको बेस्ताताले नै हुनु पर्छ | मेरी सलिता कहिले पनि मलाई छोड्ने छैनन | तर पनि कुरा मैले सोचे जस्तो भै रहेको छैन, हाम्रो कुराकानीको क्रम पातलिदै गइरहेको छ र एकदिन उनि अनलाइन पनि आईनन | मेरो मन चसक्क भयो, चिसो पस्यो | के उन्ले मलाई चटक्कै माया मरेकी हुन् त, म प्रश्न गर्छु आफैलाई तरपनि उत्तर खोज्ने साहस छैन म मा | म उनलाई हृदय देखि नै माया गर्छु, निक्कै मायाको अनुभूति पनि भै रहेको छ | सोचे आज केहि जरुरि काम परे होला त्यसैले अनलाईन आईनन, भोलि अवश्य भेट हुनेछ भन्ने आशा मा मैले रात कटाएँ |

तर हावा एकोहोरो बहिरहयो, उनि गाएब भईन मेरो संसार बाट | कुरे कुरे अनलाइन आइनन | अनि फेरी फेसबुक खोले | उनका कुनै क्रियाकलाप देखिदैनन, बिगत तीन दिन देखि | मलाई भेट्न मन छ कुरा गर्न मन छ अनि गालि गर्न मन छ कता हराएकी भनेर | तर म असमर्थ छु, बिबस छु , उनलाई भेट्न सकिरहेको छैन | मेरा प्रयास हरु जारी रहे उनलाई खोज्नको लागि, सोचे कुनै दुर्घटना पो पर्यो कि तर फेरी आफै प्रतिबाद गरे जे भएपनि खबर म सम्म त आइपुग्नु पर्ने | म भन्दा नजिकको उन्को अरु को नै छ र ? मनमा आशा राख्दै उन्को प्रतिक्षा मा दिन हरु काटी रहे | म दिन गनी रहेको थिए आठौ दिनमा उनलाई झुलुक्क अनलाइन देखे | मेरो मन भरियो | के के भन्ने भनेर म सोच्न सकिरहेको थिएन | सामान्य कुरा गर्दै थियौ उनि हराईन, अफ लाइन भईन | मैले केहि सोच्नै सकिन | मेरा सारा  चाहना हरु मरेर गए | म आफैलाई अनायासै कम्जोर भएको महशुस गरे | उन्को यादमा टोलाईरहे | मलाई रिस पनि उठ्न सकेन | सिनेमाको रील जस्तै उनि संग बिताएका पलहरु मेरो मानसपटल घुमीरहेका छन् अनि आँखाहरु टोलाएर पर्दामा अडिएका छन् | यो बिपनाको संसार भित्र म सपनामा हराइरहेको छु | अब सलिताले मलाई माया मारे जस्तो लाग्यो | म आतिन्छु सम्झनामा, एक्कासी कसरि यस्तो हुन सक्छ सोच्छु तर के गर्ने हुने भै सक्यो | म उन्को सम्झनामा पागल भै रहेको छु | सधैजसो मध्यरात सम्म हुने हाम्रो कुराकानी अहिले छुट्दा म पानी बिनाको माछा सरि छटपटाई रहेको छु | उनीसंगको कुराकानी नशा भैसकेको रहेछ | म छटपटी लाई अलि कमगर्न साँझ सबेरै बार तिर धाउने गर्दछु | मध्यरात सम्म बारमा बिताएर घर फर्कन्छु | नशामै निदाउने गरेको छु | तर पनि दिनभर सलिताको यादले सताइरहन्छ |

म असमन्जस्य मा छु, उनलाई के भएको छ, किन यसरि बिना अर्थमै टाढीईन, म जान्न चाहन्छु | उन्ले मलाई छोडेर गए पनि एकचोटी म भेट्न चाहन्छु | जति आशा गरेपनि, निरासामा परिणत भए | गरेका प्रयास हरु निरर्थक रहे | उनि मेरो मुटुको टुक्रा थिईन | मेरो शान्त मनको तलाउमा ढुंगा हानेर मेरो ढुकढुकी चोर्ने प्रयास गरीन, मैले पनि अलि धेरै नै दिए | मुटुको टुक्रा नै लिएर गईन | घाउ अतिनै दुखिनै रहेको छ | उनि किन टाडीईन, कता हराइन मैले बुझ्न सकेन तर पनि मेरो मन उनलाई हरदम खोज्ने प्रयास मा छ | घाउ दुखिरहेको छ | मन शान्त पर्ने प्रयासमा हरेक दिन नशामा डुबिरहेको छु | मलाई जिन्दगीको उमङ्ग छैन अहिले नत अरु कसैको चिन्ता नै  | निकै बिरक्त लागिरहेको छ जिन्दगी आफै देखि | म पागलसरी भौतारिरहेको छु यी लण्डन का गल्लीहरुमा |

इमेल हरु खोलि रहे, च्याट बक्स हरु खुलाई राखे, फेसबुक हेरी हेरिरहे उन्को केहि खबर आउला कि भनि | तर केहि पत्तो छैन , फेसबुक पनि चलाउन छाडेकी छन् उन्ले | निक्कै मर्माहत छु म अहिले , अचम्म लाग्छ यो अवस्था देखेर | दिन हरु बित्दै गए , बित्दै गए कहिँ कतै भेटिएन | उनि हरईन बिलिन भईन | हरेक साँझ मलाई नशाले निमन्त्रणा गर्छ, मध्यरात सम्म खेल्छु अनि रात बिताउछु नशा संगै |

उनि संग नभेटेको पनि छ महिना भै सक्यो | कहाँ छिन, के गर्दै छिन अनि कस्तो छ उन्को अवस्था केहि थाहा छैन | म उन्को यादमा तड्पिरहेको छु | पहिले देखि जोगाई राखेको बैंक ब्यालेन्स पनि सकिन थाल्यो | घरमा पैसा पठाउन पनि छोडी सकेको छु | घरमा मेरो ठुलो दायित्व छ त्यो पनि भुलिसके केवल पागल प्रेमी बनेर | मलाई लण्डन मा भएका नेपाली साथि हरुले नेपाल फर्केर बिहे गर्ने सल्लाह दिन्छन तर त्यो पनि म सोच्न सक्दिन | मलाई एकोहोरो बनाएर, बिच बाटोमा छोडिन उन्ले , म फर्कन सकेको छैन फेरी | म झन झन नशामा डुब्दै गए, मेरो अवस्था बिग्रदै गयो | एक बर्ष बितिसक्यो, बेखबर रहिरहे | चिन्तामा डुबिरहे | कहिले काँही लाग्छ, जिन्दगीको बिगतको तीन वर्ष मेटाई दिउ | अनि बिर्सिदेउ ती सबै सम्झानाहरु सलिता संग का | तर यो मन न हो, बगी रहन्छ खोला जस्तै, बिर्सन भन्दा पिडामा रुमल्लिन मन लाग्छ |

मेरा साथी हरुले धेरैनै जोड गरे मलाई घर जनाका लागि | अनि घरमा पनि ठुलो दवाब थियो मलाई बिहे गर्नका लागि | सबैको करकर , दवाब अनि सहयोग बाट अन्त्यमा मा नेपाल फर्कने निर्णय गरे |

मलाई अफ्नो देश, आफ्नो परिबेस नै ठिक हो भन्ने भावना जाग्न थाल्यो | यो जाली संसारको मोह घट्दै गयो | मेरो परिवारमा म प्रतिको मायालाई सम्झे अनि सम्हालिने कोसिश गरे | तर गार्हो छ, पानी जस्तो मन बही रहन्छ, निस्ठुरी माया तिर | म अलि कठोर बनेर निर्णय गरे घर जाने , मेरो साथि हरुको सल्लाहमा | मलाई कुनै हर्ष छैन घर जानेमा न त बिस्मात नै | जिन्दगि प्रतिको मेरो दृष्टिकोण बदलिएको छ | कुनै उमंग छैन केहि नौलो कुरोमा न त घमण्ड या इर्षा नै छ केहि प्रति | म भावहिन भएर जीई रहेको छु |

आज म नेपाल जादै छु | सबै लगेज हरु बोकेर साथीहरु संग आइपुगे एअरपोर्ट मा | सबै भन्दा गार्हो काम यहि नै हो छुटिने , फेरी आज मेरो साथिहरु संग बिछोदिदै छु | अनि, भावानामा हराउछु , सपना बिपना , मिलन बिछोड , आँशु हासो अनि दिन र रात को चक्र , यहि त हो जिन्दगि | मैले बाची रहेको छु जिन्दगि | प्लेन छुट्ने बेला भयो | बोर्डिंग लियर लागे प्लेन तर्फ | निक्कै नरमाइलो लाग्यो त्यो क्षण जब म लण्डन छोडेर प्लेन को गति संगै हावामा उडिरहेको थिए  | मलाई कुनै कुरा रमाइलो लाग्दैन न त अचम्म नै | म अलि निस्क्रिय छु , शान्त भएर बस्न चाहन्छु | झन्डै बाह्र घण्टा को उडान पछि बैंकक को ट्रान्जिट मा दुई घन्टाको लागि प्लेन  रोकियो | मलाई सुर्बरनाभुमि एअरपोर्ट घुम्ने इक्षा जाग्यो | एकछिन घुमे , डिउटी फ्री मा अलिकति व्हिस्की किने साथीहरुको लागि | टर्मिनल फर्कदा नेपाल को लागि प्लेन फर्कने बेला भएको रहेछ | म लाइनको अन्त्य तिर पुगे |

प्लेनमा चड्ने क्रम जारी थियो | अलि अगाडी एकजना केटि झुलुक्क देखियो | उनि अगाडिको ढोका बाट चड्दै थिईन | पछाडी बाट देखे पनि ड्रेस-अप अनि जिउडाल हेर्दा ठयाक्कै सलिता जस्तो लाग्यो | फेरी मन भरियो , एकछिन त दङ्ग परे | सोंचे, त्यसरी चटक्क बिर्सेर जानेलाई के सम्झी राख्नु अनि कसरि बोल्नु | तर यो मनै न हो कहाँ मान्छ र | बगिरहन्छ उतैतिर | अगाडी तिर बाट देख्न पाइएन तर पनि सलिताको झल्को आयो | म पछाडिको ढोका बाट चढे, भित्र गएर अफ्नो सिटमा बसे | उनि सलिता नै हो भन्ने कुरामा म बिस्वस्त त छैन तर बोल्न मन छ त्यो केटि संग एकचोटी | प्लेन उडी रह्यो | मैले कोसिस गरेन गएर बोल्नलाई | जति निस्ठुरी बनेर गएपनि सलिता मेरो मन बाट हट्न सकेकी छैन | मलाई घाइते बनाएपनि, मलाई पागल सरि छोडे पनि मान्दैन यो मन उनलाई बिर्सन | जति बिर्सन खोजे पनि फेरी मेरो मानसपटल मा घुमी रहेको छ उनकै चित्र | तीन घण्टा लामो यात्रामा केवल तेही निस्ठुरी को यादमा हराई रहे | रिस उठ्दैन किन, बिना अर्थमा छोडेर गए पनि | न त उसको अवस्था नै थाहा छ न त परिस्थिति नै | साच्चै मैले उनलाई निस्वार्थ प्रेम गर्छु | मेरो त कुनै गल्ति नै लाग्दैन मलाई , धेरै प्रयास गरेको हो मैले उनलाई खोज्न र भेट्नको लागि | उ नै निस्ठुरी रहेछ, चुडाई लग्यो मेरो धड्कन, मेरो चैन अनि मेरो जिन्दगीनै | यो बिना उमङ्ग , बिना लक्ष अनि भावबिहिन जिन्दगि लाई के जिन्दगि भन्नु | यस्तै यस्तै सोच्दै काठमाडौँ को आकाशमा आइपुगे पछि, डाडाकाँडा भित्रको खाल्डोमा कुचुमुच्च घरहरु, झन्डै तीन बर्ष पछि देखिरहेको छु यो परिबेस, अलि फरक अनुभूति भयो तर पनि उमङ्ग छैन मनमा | प्लेन ल्याण्ड भयो, अराइभल को लाईन बाट अगाडी बढे | लगेज कलेक्ट गर्नलाई कुरिरहेको थिए अनायासै सुनियो एउटा परिचित स्वोर | मेरो नजिकै एकजना नेपाली केटी कुरा गर्दै थिईन बिदेशी पर्यटक संग | त्यो स्वोर मेरो लागि एकदमै परिचित थियो, यो सलिताको नै स्वोर हो , अब म पक्का भए अघि सुर्बनाभुमी एअरपोर्टमा देखेको केटी पनि सलितानै हो भनेर |

मैले सलितालाई अंगाल्ने इक्षा गरेपनि मलाई मेरै मनले रोकिरहेको थियो | मेरो यो सब हालत पनि उसकै कारणले थियो | त्यो दुस्ट नै हो , धोकेबाज हो भनेर | तर पनि मलाई सलिता संग भेट्न मन छ, बोल्न मन छ अनि अंगालो मा राखेर चुम्बन गर्न मन छ | म अनायासै अलि टाढै बाट उसलाई हेरेर टोलाईरहे | त्यो केटी म तिर आउदै थिई | टक्क रोकिई | यो पल मलाई कुनै सिनेमाको सीन जस्तो या सपना जस्तो लाग्यो | त्यो सलितानै थिई | उ न त मुस्कुराई न त बोल्न नै सकी | केवल तेही उभिएर निक्कै अफ्ठयारो मानेर धर्तितिर नजर राखेर अडिईरही | मैले पनि आँखा हटाउन सकेन न त बोलाउन नै सके | एकछिन असम्न्यजस्यताको स्थिति मा गुज्रियो | त्यसलाई चिर्दै सलिता आएर मलाई अंगालो मारी अनि भन्दै थिई “ मलाई माफ गर , मैले ठुलो भुल गर ” “ म तिम्रो सामु देख्न र भेट्न लायक कि छैन” | म के भन्ने के गर्ने अल्लामल्लामा थिए | मलाई पनि यो क्षण खुसि र आनन्दित लागे पनि मेरो यो सम्पूर्ण अवस्था उसकै कारणले भएको ले मैले केहि बोल्ने प्रयास गरेन | म मौन नै रही रहे | सलिता ले उसको सबै क्रियाकलाप मैले थाहा पाएको भएर म मौन रहेको भन्ठानेर मलाई धेरै नै फकाउने कोसिस गरि तर म मौन रही रहे | अनि मलाई भन्न थाली “ सरि डियर , मैले जिन्दगि मा ठुलो भुल गरे, सक्छौ भने मलाई माफ गर ” | अनि उसले आफु बेखबर भएर बस्नु परेको कुरा बेली विस्तार लगाउन थाली | पेरिसमा काम गर्दा उसको बोस अरबी धनाड्य रहेछ | बिबिध लोभ लालच अनि धम्कि मा उसले सलितालाई प्रेम को लागि बाध्य बनाएछ | अनि त्यो अरबीले धेरैनै  सताउन थालेपछि त्यो कम्पनि छोडेर अर्को मा काम गर्न थालेको कुरा सुनाई | तर यतिन्जेल म संग को सम्पर्क टुटिसकेको ले फेरी सम्पर्क गर्न नसकेको कुरा पनि सुनाई | बिचको दिनहरुमा आफुले पर्फ्युम कम्पनि छाडेको, काम पाउन निक्कै सास्ती भोग्नु परेको र निक्कै कस्टकर जीवन बिताउनु परेको कुरा सुनाई | उसका कुराहरु सुन्दा मेरा आँखा हरु पनि रसाय | म मायाले अझै भरिए | फेरी हामि अंगालोमा बाँधियौं | भावनात्मक भयो त्यो क्षण | दोष उनको  थियो, तर म माफ गर्न चाहन्छु | उन्ले जसरि अफ्नो ठानेर कुरा गरिन त्यसले म भित्र उनीप्रति आएको नराम्रो भावना पनि पखालीदियो | “ तिमीले मलाई स्विकार्न सक्छौ भने म सधै भरिलाई तिम्री हुन चाहन्छु ” | “तिमि पाए जिन्दगीमा, मलाई अरु केहि चाहना छैन” | निक्कै भाबुक स्वोरमा आँखा रसाएर बिन्ति गरिन | म पनि भाव्बिव्होल भए र भने “ तिमि मेरी हौ, म तिमि संगै बच्न चाहन्छु ”| हामी अगाडी बढ्यौ नयाँ जिन्दगीको सुरुवात संगै !
इतिश्री !!!!!
डिसेम्बर २०, २०१०
ए . आइ . टी
थाइलेडं

6 comments:

  1. कथा र लेखन शैलि राम्रो छ। धेरै राम्रो प्रयास। परिवेश वर्णनमा अलिक धेरै शब्द खर्चे जस्तो लाग्यो । सुरुको कथाको मोड अनुसार कथा अलिक खल्लो(पुर्वअनुमान गर्न सकिने खालको) लाग्यो मलाई । छोटा छोटा बाक्य बनाऊदा बाक्य समायोजन नभएको जस्तो देखिन्छ । टाईप गर्दाका सामान्य गल्तिहरु भेटिन्छन।अहिले सम्पादन नगरिएको भनेको हुनाले अब आउने सम्पादित अझै परिस्किरित रुपमा आउनेनै छ ।सामान्य सुधारहरु गर्नु पर्ने जस्तो लाग्यो। जस्तै:.......उसका कुराहरु सुन्दा मेरा आँखा हरु पनि रसाय?...मलाई पनि यो क्षण खुसि र आनन्दित लागे पनि मेरो यो सम्पूर्ण अवस्था उसकै कारणले भएको ले मैले केहि बोल्ने चेत? गरेन
    टाढै बाट उसलाई हेरेर टोली? रहे......रिस उठ्दैन किन बिना अर्थमा छोडेर गए पनि
    येस्तै? तड्पनमा सुत्ने प्रयास .........दैनिक अविछिन्न रुपमा उनि र म कुरा गर्दा जिन्दगिका बारेमा धेरै योजना बने? सकेका थियौ ......सामन्य कुरा मा खासै चिन्तित देखिदैन ?

    ReplyDelete
  2. agree wid Gyan dai..really very nice story....:)

    ReplyDelete
  3. कथा राम्राे छ । सम्पादनमा वहाव, शव्द चयन र व्याकरणमा ध्यान िदए झनै राम्राे हाेला जस्ताे लाग्छ ।

    ReplyDelete
  4. story is not so bad but a little bit irrational.

    ReplyDelete
  5. Nice Story.Gives detailed description on the climate of Sweden. A bit about UK and Paris.

    ReplyDelete