कविता

सम्झनाको सुनामीमा!
निर्झर बस्तिहरुमा
सधै भ्यागुताहरु कराउने गर्छन
म सुत्ने बेलामा
एउटा मनको डढेलोमा
जलेर नस्ट हुने प्रयास लाग्छ मलाई
सन्नाटाको आभाष हुन्छ
जब मनको बायुयान
बादल लाई छेडेर
क्षितिज पारिको देशमा घुम्न जान्छ
म डुब्छु त्यो मुनिको
सागरमा खोइ के भेट्ने प्रयासमा
किनकी मलाई मोति मन पर्दैन
मलाई सागरको
छाल पनि मन पर्दैन
म शान्त भएर जिउन चाहन्छु
मेरो प्रयास निरर्थक
भएर उदाउछ
जब आंधी लाई समेट्दै सुनामी आउछ
म झस्कन्छु
सम्हालिने  कोसिस गर्दै
निदाउने प्रयासमा
निन्द्रा सुनामी संगै एउटा भोयज मा
निस्केर हिडेको छ
म पर्खाई म छु त्यो फर्केर आउने आशामा
बत्ति सबै बन्द हुन्छन
मेरा भावनाहरु सबै स्तब्ध हुन्छन
भ्यागुताले फेरी मलाई जिस्काउछन
निर्झर बस्तिहरुमा
सधै भ्यागुता हरु कराउने गर्छन
म सुत्ने बेलामा !
 

No comments:

Post a Comment