टीकाराम शर्मा रिजाल
किर्तिपुर, काठमाडौँ
|
एमाले, माओवादी केन्द्र र नयाँशक्ति बीच चुनावी तालमेल र पार्टी नै एकताको तहसम्म पुगेपछि नेपालको
राजनीतिक वृत्तमा खैलाबैला सुरु भएको छ । बामहरू एउटा केन्द्रमा ध्रुविकृत हुने
सङ्केत पाएपछि लोकतान्त्रिक ध्रुब नामले नेपाली काँग्रेसको पहलमा अर्को ध्रुब बन्दैछ । अहिले आफ्नो सीट
सुरक्षित गर्न नेताहरू सक्रिय देखिए पनि दर्शन सिद्धान्त, विचार , सङ्गठन, राजनीतिक इमान्दारिता,
चरित्र
,राष्ट्रप्रेम
र देश बनाउने भिजन छैन भने त्यो राजनीतिक कानो हुन्छ अवश्य । तसर्थ ध्रुविकृत राजनीतिको
असर के पर्ला नेपालका राजनीतिक पार्टीहरूलाई ? यो प्रश्नले नेपाली राजनीतिक वृहत नभएर
दिल्ली, बेइजिंग
र ह्वाइट हाउस सम्म तरङ्ग ल्याउँदैछ भन्नु कति सान्दर्भिक होला छोटो चर्चा गरौँ ।
२०४६
सालको परिवर्तन पछि २०५२ मा माओवादीको जन्म भयो
२०५८
मा दरबार हत्याकाण्ड र २०६३ को दोस्रो जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्यो । संसद्को
दुई कार्यकालले संविधान बनायो ।संविधान निर्माणमा
८०% सांसदले हस्ताक्षर गरेपनि मधेसवादीहरूको
संविधान संशोधनको आन्दोलन थप ११ वर्ष खर्च भयो । संसोधन प्रस्ताव असफल भएपछि मात्र
स्थानीय तहको चुनाब सम्पन्न भएको छ । तर पनि मधेसवादीहरूको उचित माग बारे भने
राष्ट्रले सम्बोधन गर्न बाँकीनै छ । २०४६ पछि राजनीतिक सङ्क्रमण कालका
परिवर्तन यती नै हुन् । राजनीतिक स्थिरताको अभावमा देश विकासको
कुरा परिकल्पना मात्र हुँदो रहेछ । यो भने अनुभव सिद्ध
ज्ञान हो । यति हुँदाहुँदै पनि ध्रुब बन्नु, ध्रुब बनाएर अघि बढ्नु राष्ट्रलाई हित हुनेछ । सयौँ
पार्टी दर्ता गराएर चुनाब लड्ने र सांसद भएपछि त्यसलाई जागिर सम्झने नाटक नेपाली
जनताले छर्लङ्ग देखेका छन् । यी सय भन्दा बढी पार्टी २ पार्टीमा
ध्रुविकृत हुने हो भने स्थाई सरकार देशले पाउने देखिन्छ २००७ साल पछि ५ वर्षे
नपाएको स्थाई सरकार देशले पाउने छ । संसदीय व्यवस्थाको उच्चतम् रूपको
प्रजातन्त्र दाबी गर्ने मुलुक बेलायतमा लेबर र कन्जरभेटिभ, अमेरिकामा रिपब्लिक र
डेमोक्रेट्स हुनुले पनि ध्रुब गठन गर्न खोज्नु नराम्रो पक्कै होइन । यो
त भारतमा पार्टीहरू ध्रुविकृत नहुँदै नेपाली राजनीतिज्ञहरूले राजनीतिमा १ कदम
पाइला अघि चाल्नु हो ।
ध्रुब विदेशीको इसाराले भन्नु नेपाली नेताको
अवमूल्यन गर्नु मात्र हो । राजा महेन्द्र हुन् या विपी , मदन भण्डारी,
प्रचण्ड
र ओली राष्ट्रिय परिस्थिति सामना गर्न जन्मेका हुन् । ध्रुबको जन्मले विदेशमा
तरङ्ग ल्याउने विषय नेपालको लागि गौड विषय हो । नेपाल र नेपाली जनता चिन –भारतलाइ मित्र
राष्ट्र मान्दै संसार भर असल नेपालीको परिचय दिन चाहन्छन् । तर सानो नेपालीलाई
भाँजो हालेर आफ्नो स्वार्थ सिद्ध गर्न चाहने देश प्रति भने अब २१ औं शताब्दीको
नेपाली जनता संसारका आँखीझ्यालबाट हेर्दैछ र नेपाल नछो भन्ने छ ।
दोस्रो
कुरा नेपाल सङ्घीयतामा प्रवेश गरिसक्यो । यसलाई सफल कार्यन्वयन
पनि बस यात्रा भन्दा सङ्घीयताको ७ डिब्बा रूपी ट्रेन यात्राले धेरै नेतालाई स्थान
दिने छ । नेता
व्यवस्थापक ठिक तरिकाले हुन नसकेमा सङ्घीयता असफल
नहोला भन्न सकिन्न ।
ध्रुबको जन्ममा भूर्र्णहरु नीति, विचार, दर्शन, सिद्धान्त, राष्ट्रियतानै हुन्
तर अगाडि समस्या चुनावी तालमेलको ! चुनावी तालमेलमा दुईटा व्यवहार जस्तै , पार्टीहरूलाई
छुट्टाएको प्रतिशतमा इमानदारी र आन्तरिकमा गुटबाट माथि उठेर योग्य व्यक्तिलाई
उम्मेद्वारी दिन सकेमा जनताले स्विकार्नेछन्, अन्यथा ध्रुबको बीच बाटोमा रक्तश्राव हुनेछ ।
असल ध्रुब कसरी बन्छ? एउटा पार्टीले
अर्कोलाई गाली गरेर? कम्युनिस्टले काङ्ग्रेसलाई थोत्रो
साइकलको टायर , जीर्ण भएको धोद्रो रूख अथवा भारतीय दलाल भनेर गाली दिने अनि
काङ्ग्रेसले चिनको इसारामा आएका चिनीयाँ दलाल, एकदलीय तानाशाहहरू वा प्रजातन्त्रका
भक्षकहरू भनेर कम्युनिस्टलाई गाली गरेर राजनीति गर्नेलाई सचेत नेपाली जनताले अब
टेर्दैनन् किनकि यो युग कम्प्युटरको युग हो । दिनको एक घण्टा नेट इन्टरनेटमा बस्ने
बच्चाले कुन देशले कसरी विकास गर्यो भनी जान्न सक्छ अनि ५-६ कक्षको बच्चाले संसार छर्लङ्ग देख्न
सक्छ । आज
२५ लाख मानिसले ५३ डिग्री को गर्मीमा खाडीमा गएर काम गर्दैछन् । १५ वर्ष माथि र ६०
वर्ष मुनिका कुनै पनि नेपालीलाई हात खाली बस्न नपर्ने कार्यक्रम जुन ध्रुबले दिन सक्छ वा चाहन्छ नेपालीहरू
त्यतै आकर्षित हुन्छन । यदि भिजन भएको पार्टी वा ध्रुबले यस्तो कार्यक्रम बनाउन सक्ने हो भने
५ वर्ष भित्र लोडसेडिङ मुक्त हुन सक्दछ , मध्ये पहाडी लोक मार्ग खुल्दछ , कोशी गण्डकी जस्ता
बाँधहरूको जोखिम हट्न सक्छ, सडक विस्तार हुन्छन, नेपालको पचासौं-सयौ स्थान पर्यटकीय
बन्छन्, खुर्सानी किनेर खाने नेपालले
फलफूल ,खाद्यान्न
, माछा
मासु देश भित्र उत्पादन गर्न थाल्छन् । विदेशी फलफूल , खाद्यान्नलाई देश
प्रवेशको रोक लगाउँछ। खानी खनिज सञ्चालनमा आउँछन , घरेलु-मझौला र ठूला उद्योगहरू व्यवस्थित रुपमा
प्रतिस्पर्धामा चल्न थाल्दछन। नमुना
सहर बन्न थाल्दछन्। मानौँ १०० वर्ग कि.मि को एउटा पूर्ण रुपमा
नयाँ आधुनिक सहर बनाउने हो भने ३, ४ लाख मानिसको जनशक्ति लाग्छ । यसरी
स्कुल कलेज , अस्पताल , मठ-मन्दिर, सयौँ
कार्यक्रम विभिन्न अन्तरक्रियाबाट जन्माउने हो भने कुनै नेपालीलाई खाली बस्न पर्ने
छैन , कुनै
नेपालीलाई खाडी गएर काम गर्न पर्ने छैन ।