अराजकता र दण्डहिनता अहिले
पराकास्ठा मा पुगेको बेलामा तपाईं न्याय खोज्न जानु भयो भने उल्टै पिडित भएर आउनु
पर्ने बाध्यता अहिलेको नेपालको यथार्थ हो | गाडीमा धेरै भाडा असुल्यो तपाइले
तिर्नै पर्ने हुन्छ | होटेलमा फोहोर भयो भने केहि घटिया डायलग खाएर फर्कनु पर्ने
हुन्छ | सरकारी कार्यालयमा काम ढिला भयो भनेर हाकिमको मा उजुरी गर्यो भने यस्तै हो
यहाँ म्यानपावर छैन भन्छन | यस्तै यस्तै जता गयो न्याय पौने कुराछैन | जिम्मेवार
निकाय नै निकम्मा हुनुले अराजकता हावी भै रहेको हो |
अहिले नेताहरु
प्रति जनताको आक्रोस धेरै नै छ तर हाम्रा बाध्यता छन् तसर्थ नेताको पछि लाग्नेको
घुईचोको तुलनामा अन्य व्यक्तिहरु कम छन् | यो गलत संस्कृति स्थापित भै सकेको छ |
नेताको पछि लाग्नु पनि बाध्यता हो | पुराना नेता हरुसंग केहि आशा राखिय त्यो पुरा
भएन | नया दलका नया नेता हरु संग फेरी केहि आशा राखिय त्यो पनि पुरा भएन | जहिले
पनि आन्दोलन र क्रान्ति को नाममा जनताको
बुई चढेर सत्तामा पुग्ने अनि देश लुट्ने बिकृति बढाउने संस्कृतिले जरा बढाउदै गयो |
निरास भै नहाले पनि आशा राख्ने ठाउँ भेटेनन जनता हरुले | अनि अगाडी आयो “झापड संकृति “ | कहिले का.झलनाथ
त कहिले सुशील दा अब आएर नेपालका बरिस्ठ डन् क. प्रचण्ड माथि यो संस्कृतले छोईसकेको
छ | मलाई यो एउटा “ अराजकता बिच मौलाएको दण्डहीनता भित्र जनताले न्यायको खोजि “ गरे जस्तो लाग्छ |
मलाई हिंसा मन
पर्दैन , म हिंसा बिरोधि हो तर यो “झापड संस्कृति” हिंसा को स्वरुप
हो जस्तो लाग्दैन किनकि यो एउटा नेपोलियनले भनेको उक्ति ("The world suffers a lot. Not because of the violence of bad people, but because of the silence of
good people!") जस्तै हो | यदी राज्य र राज्यका जिम्मेवार निकायले न्याय दिन नसक्ने हो भने जनताले
न्यायका खातिर यो “ झापड संस्कृति” लाई प्रसय दिने छन् | यो नेता हरुमा मात्र लागु हुने हैन आउदा दिनमा
राज्य र समाजका अन्य तह सम्म पुग्ने र यो बिकृति अझै बढने देखिन्छ |