Oct 17, 2011

बाबाले झन्डै कुटाई खायो !


“अलोक निरन्जन “ बाहिर गेट मा कराउदै थियो | मैले खासै वास्ता गरेन | धेरैबेर कराई रह्यो तै पनि मैले हेरेन | एकछिन पछि भुभुजेना जस्तो गरि संख फुक्न थाल्यो एसो बाहिर हेरेको २ जना गेरु बस्त्रधारी जोगी  रहेछन | ठिकै छ जोगी हरु रहेछन भनेर दस रुपैया लगेर दिएको त एकजनाले भन्यो “ बालक चाय बनालो “ | बिहानको ११ बजेको थियो | मैले हिन्दी बोल्न नजानेको जस्तो गरि “छैन चाय” भनिदिए | पन्जाब बाट आएको रे तिनी हरु | एकछिन किचकिच गरि रहेका  थिए गालि गरेर पठाइदिए | एकछिन मा पल्लो घर मा गएर पनि गेट ढ्यांग ढ्यांग पारेर कराहीरहेका थिए | शंख फुकेर हल्ला गरि रहरको भएर मलाई पनि  रिस उठ्यो | नेपाली  केहि बोल्न नजान्ने अनि  शिवजी को नाम मा मान्छे तर्साएर हिड्ने जोगी हरुको पारा देखेर कुट्न मनलाग्यो | फेरी बाहिर गएर हल्ला नगर्न अनुरोध गरे ..झनै कराउछ बा | अत्ति रिस उठ्यो अनि “कुट्देउ कि चुप लाग्छस” भने | “बाबा सराप देंगे , बाबाको ऐसे मत करो’ पो भन्छ | “ तेसो बाजे  तैले भरे गएर दारु खाने बाबा त होस् , बढी कराउछ्स ..पिट्दिउ “ भनेको  अनि तहमा आयो, एकछिन पछि चुप लागेर हिड्यो | यसरी खुलेआम बच्चा हरुलाई तर्साउने गरि “बाबा “ को नाम मा “गेरु बस्त्र धारण गरेर “ लुट मच्चाउने हरुलाई प्रसासन ले केहि गर्दैन ?? मलाई त अच्चम्म लाग्यो | मान्छे हरु पनि त्रिसुल संख बोकेको देखेर डराएर जति भन्छ तेती नै दिएर बस्दा रैछन | मैले त लखेटी दिए, तपाईं हरुले पनि एस्ता “बाबा “ लाई भेटेमा लखेट्नु होला |