Jun 3, 2017

प्रविधियुक्त निर्वाचन प्रक्रियाको जरुरी

गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाको कछुवा गतिलाई देखेर आम जनमानसमा निराशा छायो | दुई लाख भन्दा बढी मत खसेको काठमाडौँ महानगरपालिकाको सुरुवाती मतगणना लाई हेरेर विभिन्न हिसाबकिताब गर्दै अन्तिम नतिजा आउन महिनौँ पर्खनु पर्ने खालका अभिव्यक्ति ट्रोलहरु सामाजिक संजालमा निकै छाए | मतपत्रको आकार, उम्मेदवारहरूलाई प्रदान गरेको निर्वाचन चिन्ह तथा तिनीहरूको मतपत्रमा भएको अवस्थितिले मतदाताहरूलाई अलमल तथा भ्रम सिर्जना गर्यो | मतदाताले आफूले चाहेको दल या उम्मेदवारलाई निर्वाचन चिन्ह रोजेर मतदान गर्न सके वा सकेनन् त्यो पनि खोजको विषय नै | यी यावत् विषयलाई लिएर मिडियाहरूले सर्वसाधारणसँग लिएको प्रतिक्रियामा बहुसंख्यकले -भोटिंग यसको समाधान हुन सक्ने राय व्यक्त गरे | -भोटिंगले सबै समस्याको समाधान दिनसक्छ या त्यो भन्दा अगाडी नै गर्न सकिने कार्यहरु धेरै छन् ? यी यस्ता विषयका सेरोफेरोमा यस लेख तयार भएको |  

झन्डै दुई दशक पछि सम्पन्न स्थानीय तहको निर्वाचन विकास राज्यका सेवा प्रवाहका दृष्टिकोणले  आफैँमा महत्त्वपूर्ण नेपालको नयाँ संविधानमा उल्लेखित नयाँ व्यवस्था अनुरूप गठित स्थानीय तहले जनप्रतिनिधि पाउने कुरा एउटा ऐतिहासिक परिघटना पनि हो |  निकै हर्षोल्लास पूर्ण वातावरणमा मतदान गर्न गएका जनताले जाहेर गरेको प्रत्येक मतको गणना हुनु पर्ने थियो | तर काठमाडौँ लगायतका महानगरहरुकै बदर मत संख्या हेर्ने हो भने मतदाताको ठुलो हिस्सा मतहरू उपयोग हुन सकेन | मतदाता शिक्षा, उम्मेदवार मनोनयन निर्वाचन मिति बीचको छोटो अवधिदलीय तालमेल, निर्वाचन हुने नहुने संशय आदि विविध कुराहरूलाई कारण देखाउन सकिन्छ तर राज्यको संवैधानिक अंगको हैसियतले आवधिक रुपमा निर्वाचन सम्पन्न गर्नु यसको तयारी कुनै निश्चित समयमा मात्र नभएर निरन्तर रुपमा परिष्कृत ढंगले गर्ने निर्वाचन आयोगको जिम्मेवारी हो |  आफ्नो जिम्मेवारीमा देखिएका कमी  कमजोरीहरूलाई निर्वाचन आयोगले परिस्थिति वा दलहरूलाई दोष दिन मिल्दैन | अहिले एक्काईसौ शताब्दीको सूचना प्रविधिलाई दोहन गरी निर्वाचनको व्यवस्थापन गर्ने कुरामा निर्वाचन आयोग चुकेको देखिन्छनिर्वाचन प्रक्रियाका विभिन्न चरणमा भएका ढिलासुस्ती कमजोरीहरूलाई निर्मूल वा कमी गर्न प्रविधिले पक्कै पनि सकारात्मक भूमिका खेल्ने |  तर समस्याको चुरो छोडेर प्रविधि प्रयोगको नाममा "ब्ल्याकबक्स सोलुसन" खोज्ने हो भने त्यसले समस्या घटाउन होइन बढाउन मद्दत गर्ने |  

-भोटिंग अर्थात्  विद्युतीय मतदान प्रणालीको प्रयोगले विशेष गरेर मतगणना कार्यलाई छिटो छरितो बनाउँदछ | कागजी मतपत्रमा मत गणना ढिलो अव्यवस्थित हुनेहुँदा त्यसमा गडबड हुने, अपारदर्शी हुने असुरक्षित हुने सम्भावना उत्तिकै रहन्छ | कागजी प्रक्रियाका अवगुणलाई हटाउन कठिनाइहरूलाई सहज बनाउन स्वचालित तवरले गणना गर्ने, तत्काल मतगणनाको परिणाम थाहा पाउन सकिने यसमा गन्ती गर्दा कसैले झुक्याउन नसक्ने, कसैको दबाब नरहने हुन्छ | यी यस्तै मान्यता धारणा राखेर प्रविधि प्रयोगका प्रस्तावकहरू विज्ञापन गर्ने गर्दछन प्रविधि प्रयोगको पक्षमा वकालत गर्दछन  |  मेसिनबाट मतदान गर्नु भनेको ठुलो छलाङ हो | प्रविधि प्रयोगको हिसाबले हेर्ने हो भने यो क्रम भंगता पनि हो तर प्रविधिको  प्रयोगले कति गुणस्तरीय, सही तथा न्यायोचित परिणाम दिन सक्यो भन्ने विषयमा अध्ययन, अनुसन्धान तथा प्रविधि प्रक्रियाको मूल्यांकन गर्ने, परिणाम लाई विश्लेषण गर्ने काम हुन सकेको छैन | यसै नयाँ प्रविधि संग थोरै मानिसहरू मात्र मैत्रीसम्बन्ध राख्न सक्दछन त्यो चलाउन जान्नका लागि बारम्बार प्रयोग गर्नु जरुरी पनि हुन्छ | मतदाताहरूको सही ठाउँमा मतदान गर्न सक्ने क्षमता, विद्युतीय मतदान यन्त्र शिक्षाको जरुरत, धेरै ठुलो सङ्ख्यामा प्रयोग गर्दा त्यसमा आउन सक्ने समस्याहरू, अन्य व्यावहारिक कठिनाइहरू लाई कसरी सम्बोधन गर्ने आदि आदि |  
 संबेदनसिल  विषयवस्तु जस्तै निर्वाचनमा आउन सक्ने विवाद उक्त अवस्थामा यदि विद्युतीय यन्त्र विद्युतीय सामग्री प्रयोग गरिएको भने पर्याप्त तथ्यांक सुरक्षित भएको कि छैन, यन्त्र प्रणाली लाई अडिट गर्न सकिन्छ कि सकिँदैन, तथ्यांकको रूपान्तरण कसरी भएको , त्यसको मापदण्ड कस्तो | विवाद सुल्झाउन आवश्यक कानुन, नीति, नियम, संहिताहरूको व्यवस्था भएको कि छैन | अन्ततोगत्वा त्यसको परिणाम न्यायोचित भएको कि छैन | यी विषय वस्तुहरू महत्त्वपूर्ण हुन्छन् |
मतदाताको विवरणको गोपनीयताको कुरा, मतको सुरक्षाको कुरा, शंका वा विवादको अवस्थामा मतपत्रको पुन गणना गर्नेसक्नु पर्ने कुरा आदिको सुनिश्चितता भएमात्र त्यो प्रविधिको प्रयोग न्यायोचित हुन सक्छ |
तर संसारमा जति ठाउँहरूमा विद्युतीय मतदान भयो प्रायः सबै तिर विवादित रह्यो | अझ प्रविधिका जानकारहरूले   त्यसको विश्वसनीयतामै धेरै आशंका गरे | पछिलो समय छिमेकी मुलुक भारतमा प्रयोग भएको मेसिनको बारेमा पनि धेरै प्रश्नहरू आइरहेका छन् | तर यो भन्दा मुख्य  कुरा  निर्वाचन  प्रक्रियामा समस्याको बिन्दु जहाँनेर त्यसको समाधान खोज्नु ठिक हुन्छ |  परम्परागत कागजी मतपत्रमा मतदान गर्न समस्या भएको हो या गणना गर्न ? यदि मतदान गर्न समस्या छैन भने गणनालाइ छिटो गर्ने प्रविधिको विकास किन नगर्ने ?
 विद्युतीय मतदानमा जानुअघि हाल विद्यमान समस्याको समाधानका लागि आयोगले गर्न सक्ने  सुधारका कार्यहरू प्रसस्त देखिन्छन् तर आयोग ती समस्याको समाधानका लागि उदासीन  | थोरै पैसा धेरै इच्छा शक्तिमा गर्न सकिने ति कामहरू गरेमा उल्लेख्य सुधारको अनुभूति गर्न सकिने थियो | जस्तो उममेदवार मनोनयन दर्ता, मतपत्र तयार गर्ने आदि कार्यहरू बिशिस्ट सफ्टवेयर  प्रणालि निर्माण गरी गर्न सकेको भए व्यवस्थापन चुस्त छोटो समयमै सम्पूर्ण कार्य गर्न सहज हुने मात्र नभएर मतगणना पनि मेसिनको माध्यमबाट गर्न सकिने थियोजब भयो राति अनि बूढी ताती भने झैँ समस्या अगाडि  आएपछि मात्र समाधान खोज्नु नै अहिलेको कारक समस्या भएको देखिन्छ अन्यथा हाल संसारमा विकसित प्रबिधिलाइ दोहन गर्ने हो भने निर्वाचनका सम्पूर्ण कार्यहरू सहजै व्यवस्थापन हुने थिए | आउदा दिनहरुमा मतदाताले नयाँ प्रबिधि सिकेर मतदान गर्नु पर्ने बिधि भन्दा परम्परागत तरिका बाटै मतदान गरेर मतदान बाहेकका अन्य कार्यमा चुस्त प्रविधिको प्रयोग गर्न सकियो भने पनि निर्वाचन प्रक्रिया छिटो, छरितो, झन्झटमुक्त तथा कम बिबादित हुन सक्नेछ  |



हालै सम्पन्न इरानको राष्ट्रपतिको निर्वाचनमा विभिन्न मुलुकमा रहँदै आएका  इरानियनहरूले आफ्नो देशको राष्ट्रपतिलाई भोट गरेका कुराहरू समाचारमा आएका थिए | त्यो मात्र नभएर हाम्रो छिमेकी मुलुक भारतमा समेत - मतपत्र वा वारेसको आधारमा मतदान गर्ने प्रावधान |  नेपालमा पनि निर्वाचनको प्रक्रियालाई विश्वसनीय, सहज छरितो बनाउनका लागि निर्वाचन आयोगले फरक ढंगले सोच्नु कार्यान्वयनको दिशामा अगाडि बढ्नु पर्ने देखिन्छ |  बढ्दो  विश्वव्यापीकरणसँगै विदेशमा रहेका नेपालीहरूको पनि मताधिकार सुनिश्चित हुनुपर्ने आवाजहरू  उठिरहेको सन्दर्भमा निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई पुनरावलोकन गरी 'बोटलनेक' पहिचान गरी तिनीहरूको समाधान छिट्टै खोजिएन भने आगामी निर्वाचनका प्रक्रियाहरू अझै  चुनौती पूर्ण हुने छन् |

Jan 24, 2014

मेरो मौनतामा

फ्यानको खीट-खीट आवाजले मलाई ब्युझाईदियो | उज्यालो राम्रो संग भै सकेको थिएन तर बाहिर चराको चिर्चिर आवाज आइ रहेको थियो | दुइवटा मात्र छन् यी चरा हरु जुन जहिले पनि मेरो डोमको सामनेमा रहेको यो रुखमा खेलेर बसिरहन्छन् | किमुको जस्तो लाग्ने यो रुख अलि झाप्रक्क परेको छ | एकबर्ष भन्दा बढी भै सक्यो म यो ठाउमा बस्न थालेको तरपनि यो के को रुख हो मैले उत्तर पाउन सकेको छैन | म उठेर  बसे बेडमा अनि हात लम्काउदै टेबलमा रहेको फ्यानलाई अर्को तर्फ घुमाए |   
सोचेर बस्दै थिए | आज अलि बेचैनी बढेको छ | हुन त यस्तो भएको धेरै नै दिन भै सक्यो | यो परदेशको परिबेस  भएर होला सायद अलि एक्लो पन छाएको आभास हुन्छ | खासै भोक लागेको त हैन तर चिया- कफी केहि चै  खाउँ जस्तै लागेको छ | पकाउने भाडोको नाममा एउटा पानी तताउने वाटर बोइलर छ मसंग यसमा मैले कहिले चिया पकाउछु अनि कहिले चाही अन्डा उसिन्ने काम गर्छु | पानी तताएँ, एक प्याकेट रेडिमेड टि-मिक्स पाउडर खन्याए अनि घोले | चिया कपमा राखेर कौसितिरको ढोका खोले | कौसीमा एउटा कुर्सि छ अनि साइडमा जारको पानी राख्ने भाँडो | कुर्सीलाई बाहिर तिर फर्काए | अब चराहरु बसेको रुक ठिक मेरो सामनेमा छ | ढुकुर जस्तो छ यो चरा, तर मैले बच्चादेखि देखेको मेरो आँगनमा खेल्ने ढुकुर भन्दा अलि फरक छ | हुनत यहाँका मान्छे हरु पनि त मेरो गाउँको भन्दा भिन्न छन् | खयर केहि छैन | यो जोडी ढुकुर खेल्ने रुख अनौठो छ | ढुकुर सबभन्दा पहिले हाँगोको फेंदमा बस्छ अनि टुक-टुक हाँगामा हिड्दै टुप्पो तिर लाग्छ एकले अर्को लाई पछ्याउदै | यिनी हरुको यो क्रियाकलाप मैले धेरै पटक भिडियोमा खिचेको छु | कहिलेकाहिँ अलि बोर हुँदा मैले यिनीहरुसंग घन्टौ समय बिताएको छु | यो परिबेस मेरो एक्लोपनको साथि बनिरहेको छ केहि समय देखि |  तर पनि आज मन अलि बेचैन छ |
अस्ति सेन्ट्रल पार्क गएर नयाँ मोबाइल किने | सामसुंग को ग्यालेक्सी फोन | एकदुई दिन त चलाउन पनि रमाइलो लाग्यो | फोटो खिचे, भिडियो खिचे | यप्स हरु इन्स्टल गरे |  गेम खेले | खेल्ने भन्दा पनि धेरै डाउनलोड गरे | रमाईलै भयो | तर आज यो फोन मा चार्म छैन | सायद मेरो मन बेचैन भएर होला | कसै संग बोल्न पनि त्यति मन छैन | कप उठाए चिया सुरुप्प पारे अनि कौसीको बार्दलीको डील मा रांखे | फोन घुमाए अनि फेसबुक खोले | तल माथि  स्क्रोल गर्दै गरे खासै रमाइलो कुरा केहि भेटिएन | त्यहाँ शेयर भयका सबै जोक हरु पुराना लागे, अभिव्यक्त गरिएका मनका भावनाहरु कम्जोर लागे | नयाँ खबर केहि  थिएन, नयाँ घटना केहि थिएन |  म्यासेज बक्समा नयाँ म्यासेज केहि थिएन, पुराना पनि धेरै जसो ग्रुप म्यासेज थिए त्यसमा मेरो खास दिलचस्पी भएन | स्क्रोल गर्दै गरे, मन तठस्त भएपनि सबैमा लाईक गर्दै गरे | कमेन्ट लेख्ने इच्छ्या छैन आज |  फेरी भाईबर खोले अनि सोचे यसमा पनि  केहि नयाँ हुने वाला छैन तैपनि स्क्रोल गर्दै गरे | साथीहरुका केहि म्यासेज रहेछन तर अहिले सबै जना अफलाईन | अनलाइन भएका हरुसंग पनि खास कुरा गर्न मन लागेन |
घाम पुर्ब बाट उदाउन सुरु गर्दै थियो | मेरो डोम पुर्ब तिर थोरै ढल्केर उत्तर तिर फर्केको छ | अलि अलि घामका किरणहरु छड्के परेर मेरो सामनेको ढुकुर बस्ने रुख भित्र छिरेका  छन् | म बस्ने ठाउँ शान्त छ | यहाँ बिहान आठ नबज्दै कोहि उठ्दैन | राति अबेर सम्म बस्ने अनि बिहान ढिलो उठ्ने यहाको चलन छ | यो ठाउमा  केहि घरहरु छन् अनि अगाडी ठुलो फुटबल ग्राउण्ड, साइडमा बास्केटबल को कोर्ट अनि पछाडी तिर लवन टेनिस खेल्ने ठाउँ छ |  मान्छे हरु साइकलमा ओहोरदोहोर गर्दछन | यो सबै परिबेस, बिहान सबेरैको चियाको चुस्की अनि मेरो नयाँ फोन, याप्सहरु, फेसबुक, भाईबर केहि कुराले पनि मनमा तरंग ल्याउन सकेन | सायद उन्ले चटक्क कनेक्सन बन्द गरेर होला यो मन बेचैन भएको | सानो कुरामा म रिसाय सायद त्यो मनको तर्कना मात्र थियो | उनि प्रतिको मेरो बिस्वासमा आत्माबिस्वासको कमि थियो होला सायद | म एक्लै बसेर सोच्छु उन्ले गरेका सबै कुरा जायज लाग्छन | उन्ले कहिले पनि मेरो नराम्रो सोच्न सक्दिनन् भन्ने लाग्छ | तर जब उनी मसंगै हुन्छिन किन मलाई उन्ले गरेका क्रियाकलाप देखावोटि लाग्छन | म गम्दै थिए | सायद त्यो मेरो अत्मबिस्वसको कमि हो | मेरो विश्वास लाइ आत्मविश्वास मा रुपान्तरण गर्न सकेको छैन | जति रिसायो त्यति बेचैन हुने | उन्ले बुझ्दै नबुझे  जस्तो लाग्छ अनि रिसाउछु  फेरी एक्लै बसेर सोच्दा मैले भन्दा धेरै उन्ले नै बुझे जस्तो लाग्छ | म धेरै अलमलमा पर्छु | धेरै दिन देखि रिसाउने अनि भावना साट्ने काम भएको छैन सायद त्यसैले होला बेचैन भएको |
फोन भाइब्रेट गर्यो | मा बिस्वस्त त थिएन तर आशा थियो उन्ले कनेक्ट गरिन कि  भनेर | हतास मनस्थितिमा स्क्रीन स्वाईप गरे भाईबर को नोटिफिकेसन रहेछ | सोचें, कुनै बेरंग, बेतरंग को खबर आएको हुनु पर्छ | नोटिफिकेसन मा दबाएँ, उनले छोटो मिसकल गरेकी रहेछिन | एतिका दिन नबोलेको मलाई जिस्काए जस्तो लाग्यो | म सोझो अनि उन्ले मलाई जिस्काएको जस्तो लाग्यो | मैले कलब्याक गरेन तर म मा अलि फरक तरंग संचार भएको महसुस भयो | मलाई अलि रिस पनि उठेको छ सायद उन्ले मलाई अलि सोझो भनेर हेपेको पो हो कि ? म द्वविधामा थिएँ | मैले कलब्याक गरेन | फेरी फोन भाईब्रेट गर्यो उनकै कल आयो | मलाई ज्यादै बोल्न मन थियो उनीसंग तर म फोन उठाएर सिधा सिधा मात्र उत्तर गरेर बसे |  एकछिन अपरिचितहरु बिचको जस्तो भयो बार्तालाप | एकछिन के कुरा गर्ने भन्ने जस्तो भयो | बिस्तारै हाम्रो मौन समयको बारेमा एकार्कामा साटासाट भयो त्यसपछि  इन्जिनमा ओइल थपियो | हाम्रो अबुझाई सफा गरियो | मन हल्का हुदै गयो |

नौ बज्न थालेछ | नौ बजे मेरो क्लास सुरु हुन्छ | केहि बेर उनीसंग कुरा गरे अनि हतार हतार मा लुगा लगाए साइकलमा चढी क्लासतिर लागे | आज धेरै दिन पछि साईकल नागबेलीमा चलाउन मन छ मलाई | बाटोको छेउका  फुलहरु पनि हासेर स्वागत गरिरहेका छन् | बाटोमा हिड्दा चिनेका मान्छे हरुलाई अविबादन गर्दै मा लागे क्लास तिर |    

Nov 9, 2013

हामीले भोट किन गर्ने ??

जब पहिलो संबिधान सभाले निर्धारित समयमा संबिधान जारी गर्न सकेन त्यस पछि नेपाली जनतालाई नयाँ संबिधान आउने कुरामा शंका बढ्दै गयो | संबिधान सभाको अतिरिक्त समयसम्ममा पनि संबिधान नबनी संबिधान सभाको अवसान हुनुले झन निरासा र अन्योल छायो | नेताहरु असक्षम र दलहरु निकम्मा साबित भए |  अन्तत निर्दलीय सरकार गठन भयो | सरकार संग जनताका अपेक्षा घट्दै गए | निर्दलीय सरकारले संबिधान सभाको दोश्रो निर्वाचन गराउने कुरा गर्दा पनि जनतामा अबिस्वास छाईरह्यो भने केहि दलहरु निर्वाचन मा सामेल नहुने र निर्वाचनको बिरोध सहित बहिस्कार गर्ने कुराले जनतामा उत्साह ल्याउन सकेन | ठुला दलका नेता हरुको भनाई र गराई मा देखिएको अन्तरले शंकाको आकार ठुलो पार्दै गयो |
जनतामा नैरास्यता छ , अबिस्वास छ, शंका छ, अन्योल छ; नयाँ संबिधान आउने कुरामा, मुलुक आर्थिक सम्ब्रिधि तिर जाने कुरामा , देशमा सुसासन आउने कुरामा, भ्रस्टाचारीलाई कारवाही हुने कुरामा | तर के हो त विकल्प ? के अर्को मुलुकले हाम्रो देशमा सुसासन ल्यईदेला? वा हाम्रो देशमा सम्ब्रिधि ल्याउनलाई अर्को कुनै देश बाट कसैलाई झिकाउनु( Import गर्नु ) पर्ने हो? यहाँ का सबै दल वा नेता हरु निकम्मा हुन्, कसैले नेत्रित्यो गर्न सक्दैनन? सबै व्यक्तिगत स्वार्थ र दलगत स्वार्थमा फसेका छन् ? सबै भ्रस्ट र अनैतिक हुन् ? यति भएपनि ठिकै थियो उनीहरु संग स्पस्ट नीति छैन वा दुर दृष्टि छैन ? वा हामी जनताको छनोट गलत हो ? हामीले लालचमा लागेर वा आफ्नो व्यक्तिगत स्वार्थ लाई हेरर वा कसैको दवाबमा परेर जनप्रतिनिधि छानिरहेका छौ? हाम्रो चेतनाको स्तर माथि उठ्न नसकेको हो कि हामी उदार बन्ने कुरामा? हामीले पनि नेताहरुले जस्तै आफु भन्दा माथि राष्ट्र लाई राख्न नसकेको हो कि?

अब यी सबै कुराको मुख्य कारण देशमा बिद्यमान राजनीतिक व्यवस्था नै हो | राजनीतिक अन्योल नै हो | जब राजनीति र सासन व्यवस्था स्थिर हुदैन त्यसले राष्ट्रका सम्पूर्ण अंग र क्षेत्रमा असर गर्छ | अहिले को नैरास्यता, अन्योल पनि यसकै उपज हो | अब मङ्सिर ४ मा संबिधान सभाको निर्वाचन हुदैछ | यहि संबिधान सभाको निर्वाचन नै एकमात्र समाधानको बाटो हो | हामि सबै उत्साहित भएर बिबेकपूर्ण हिसाबले यो निर्वाचनमा भाग लिनु पर्छ | प्रतिस्पर्धी मध्येमा मुल्यांकन गरेर  सहि नेत्रित्व दिन सक्ने उमेदवार र दललाई छनोट गरौ | निर्वाचनपछि देशको राजनीति र सासन व्यवस्था ले नयाँ मोड लिने छ | आशा गरौ सकारात्मक परिवर्तन देशमा छाउने छ | तर संगसंगै हामी जनताहरु पनि जिम्मेवार बन्नुपर्छ | भोट गरौ, जिम्मेवार बनौ |


Jun 9, 2013

यो भनेको यो हुनु पर्छ, त्यो भनेको त त्यै हुन्छ


  • "यो भनेको यो हुनु पर्छ, त्यो भनेको त त्यै हुन्छ " वाला स्टेटस ले फेसबुक भरेको बेला मैले कपी गरेर यहाँ राखी दिए | बिभिन्न व्यक्ति हरुको स्टेट्स बाट कपी गरेको हुनाले यहाँ श्रोत उल्लेख गर्न सकेन |  र यसको उदगम कहाँ बाट भएको हो भन्ने बिसयमा मलाई जानकारी नभएकोले जस्ताको तस्तै राखिएता पनि स्रोत नराखेको हो|
  • ·         Manchhe ko life bhaneko maintained hunu parchha, bhadragol ta desh pani chha ni.
    ·         Manchhe ko mann bhaneko fohar hunu parchha, safaa ta tempo pani hunchha...
    ·         Girls bhane pachhi haami lai baal dine hunu parchha, interest ta bank le pani dinchha ni...
    ·         मान्छे भनेको को त बिन्दास पो हुनुपर्छ त, Serious ICU को बिरामी पनि हुन्छ नि !!!
    ·         keti bhaneko beautiful hunupacha, Bullet bhaneko ta bike po hunxa ta!!
    ·         Engineering student ko back ta hunai paryo ni..."All Clear" ta shampoo ni hncha !!! Lol
    ·         Music bhaneko lok dohori po hunupar6. tyo metal bhane music ta iron pani hunxa
    ·         Mobile bhaneko ta samsung nai chalaunu parchha.......apple (iPhone) ta monkey ko pani favourite hunchha
    ·         छोरा भनेको इन्जिनियर  हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ ।
    ·         engineer ta computer engineer hunu parcha..Civil ta mall pani huncha...
    ·         करेन्सी त रुपैंया पो हुनु पर्छ,
    डलर त अन्डरवेर पनि हुन्छ| :प् 
    ·         केटीको फिगर त 'कोक' को बोत्तल जस्तो पो हुनु पर्छ..
    डल्लो र थ्याप्रो परेको त फर्सी पनि हुन्छ!!!
    ·         Kt vaneko valadmi hunuprcha chatpate ta bhaiya ko thela ma po huncha....:p
    ·         Confession bhaneko fake hunu parcha , Real ta juice pani cha.
    ·         Engineer ta engineer nai hunu parcha, Tearcher ta whisky pani cha
    ·         Keti bhaneko smart hunu parcha, secC ta 1/cosC pani huncha
    ·         Manchey vaye ko chiya khanu parcha, Dudh ta biralo le pani khancha :p
    ·         Gf vanak0 taw private p0 hunu parxa ! Public taw t0ilet p0ni hunxa  
    ·         Kapada bhaneko ta trouser po hunuparxa, cot2 ta cos2/sin2 pani huncha niii..

May 10, 2013

Random Thought


The one of hardest thing in life is to realize what exactly you want, what's your choice. Nothing is absolute. The primary fact of life (human, earth, universe) is change. life is changing continuously so our wants and choices. Compromise and adaptation,  when they are favorable to you at that time you think that is your choice but when they are not at your side you think that is compromise.  Nothing is good or bad, their cause and effect can be the determinant. Same act for good cause and bad cause is interpreted differently.  In the similar way, if the outcome or the effect of a act is positive then it is taken positively. 
If you stand at the top you see the below mountain at low level and if you go downhill of the mountain you will see it at the top. So the perception is also not absolute. Don't blame others. When they climb up their thinking also changes so the perception of the preceptor. 

Nov 16, 2012

दण्डहिनता बिच न्यायको खोजि !

अराजकता र दण्डहिनता  अहिले पराकास्ठा मा पुगेको बेलामा तपाईं न्याय खोज्न जानु भयो भने उल्टै पिडित भएर आउनु पर्ने बाध्यता अहिलेको नेपालको यथार्थ हो | गाडीमा धेरै भाडा असुल्यो तपाइले तिर्नै पर्ने हुन्छ | होटेलमा फोहोर भयो भने केहि घटिया डायलग खाएर फर्कनु पर्ने हुन्छ | सरकारी कार्यालयमा काम ढिला भयो भनेर हाकिमको मा उजुरी गर्यो भने यस्तै हो यहाँ म्यानपावर छैन भन्छन | यस्तै यस्तै जता गयो न्याय पौने कुराछैन | जिम्मेवार निकाय नै निकम्मा हुनुले अराजकता हावी भै रहेको हो |
अहिले नेताहरु प्रति जनताको आक्रोस धेरै नै छ तर हाम्रा बाध्यता छन् तसर्थ नेताको पछि लाग्नेको घुईचोको तुलनामा अन्य व्यक्तिहरु कम छन् | यो गलत संस्कृति स्थापित भै सकेको छ | नेताको पछि लाग्नु पनि बाध्यता हो | पुराना नेता हरुसंग केहि आशा राखिय त्यो पुरा भएन | नया दलका नया नेता हरु संग फेरी केहि आशा राखिय त्यो पनि पुरा भएन | जहिले पनि आन्दोलन र क्रान्ति को  नाममा जनताको बुई चढेर सत्तामा पुग्ने अनि देश लुट्ने बिकृति बढाउने संस्कृतिले जरा बढाउदै गयो | निरास भै नहाले पनि आशा राख्ने ठाउँ भेटेनन जनता हरुले | अनि अगाडी आयो झापड संकृति | कहिले का.झलनाथ त कहिले सुशील दा अब आएर नेपालका बरिस्ठ डन् क. प्रचण्ड माथि यो संस्कृतले छोईसकेको छ | मलाई यो एउटा अराजकता बिच मौलाएको दण्डहीनता भित्र जनताले न्यायको खोजि गरे जस्तो लाग्छ |
मलाई हिंसा मन पर्दैन , म हिंसा बिरोधि हो तर यो झापड संस्कृति हिंसा को स्वरुप हो जस्तो लाग्दैन किनकि यो एउटा नेपोलियनले भनेको उक्ति ("The world suffers a lot. Not because of the violence of bad people, but because of the silence of good people!") जस्तै हो | यदी राज्य र राज्यका जिम्मेवार निकायले न्याय दिन नसक्ने हो भने जनताले न्यायका खातिर यो झापड संस्कृति लाई प्रसय दिने छन् | यो नेता हरुमा मात्र लागु हुने हैन आउदा दिनमा राज्य र समाजका अन्य तह सम्म पुग्ने र यो बिकृति अझै बढने देखिन्छ |