फ्यानको खीट-खीट आवाजले मलाई ब्युझाईदियो |
उज्यालो राम्रो संग भै सकेको थिएन तर बाहिर चराको चिर्चिर आवाज आइ रहेको थियो |
दुइवटा मात्र छन् यी चरा हरु जुन जहिले पनि मेरो डोमको सामनेमा रहेको यो रुखमा
खेलेर बसिरहन्छन् | किमुको जस्तो लाग्ने यो रुख अलि झाप्रक्क परेको छ | एकबर्ष
भन्दा बढी भै सक्यो म यो ठाउमा बस्न थालेको तरपनि यो के को रुख हो मैले उत्तर पाउन
सकेको छैन | म उठेर बसे बेडमा अनि हात
लम्काउदै टेबलमा रहेको फ्यानलाई अर्को तर्फ घुमाए |
सोचेर बस्दै थिए | आज अलि बेचैनी बढेको छ | हुन त
यस्तो भएको धेरै नै दिन भै सक्यो | यो परदेशको परिबेस भएर होला सायद अलि एक्लो पन छाएको आभास हुन्छ | खासै
भोक लागेको त हैन तर चिया- कफी केहि चै खाउँ
जस्तै लागेको छ | पकाउने भाडोको नाममा एउटा पानी तताउने वाटर बोइलर छ मसंग यसमा
मैले कहिले चिया पकाउछु अनि कहिले चाही अन्डा उसिन्ने काम गर्छु | पानी तताएँ, एक
प्याकेट रेडिमेड टि-मिक्स पाउडर खन्याए अनि घोले | चिया कपमा राखेर कौसितिरको ढोका
खोले | कौसीमा एउटा कुर्सि छ अनि साइडमा जारको पानी राख्ने भाँडो | कुर्सीलाई
बाहिर तिर फर्काए | अब चराहरु बसेको रुक ठिक मेरो सामनेमा छ | ढुकुर जस्तो छ यो
चरा, तर मैले बच्चादेखि देखेको मेरो आँगनमा खेल्ने ढुकुर भन्दा अलि फरक छ | हुनत यहाँका
मान्छे हरु पनि त मेरो गाउँको भन्दा भिन्न छन् | खयर केहि छैन | यो जोडी ढुकुर
खेल्ने रुख अनौठो छ | ढुकुर सबभन्दा पहिले हाँगोको फेंदमा बस्छ अनि टुक-टुक हाँगामा
हिड्दै टुप्पो तिर लाग्छ एकले अर्को लाई पछ्याउदै | यिनी हरुको यो क्रियाकलाप मैले
धेरै पटक भिडियोमा खिचेको छु | कहिलेकाहिँ अलि बोर हुँदा मैले यिनीहरुसंग घन्टौ
समय बिताएको छु | यो परिबेस मेरो एक्लोपनको साथि बनिरहेको छ केहि समय देखि | तर पनि आज मन अलि बेचैन छ |
अस्ति सेन्ट्रल पार्क गएर नयाँ मोबाइल किने |
सामसुंग को ग्यालेक्सी फोन | एकदुई दिन त चलाउन पनि रमाइलो लाग्यो | फोटो खिचे,
भिडियो खिचे | यप्स हरु इन्स्टल गरे | गेम
खेले | खेल्ने भन्दा पनि धेरै डाउनलोड गरे | रमाईलै भयो | तर आज यो फोन मा चार्म
छैन | सायद मेरो मन बेचैन भएर होला | कसै संग बोल्न पनि त्यति मन छैन | कप उठाए
चिया सुरुप्प पारे अनि कौसीको बार्दलीको डील मा रांखे | फोन घुमाए अनि फेसबुक खोले
| तल माथि स्क्रोल गर्दै गरे खासै रमाइलो
कुरा केहि भेटिएन | त्यहाँ शेयर भयका सबै जोक हरु पुराना लागे, अभिव्यक्त गरिएका मनका
भावनाहरु कम्जोर लागे | नयाँ खबर केहि थिएन, नयाँ घटना केहि थिएन | म्यासेज बक्समा नयाँ म्यासेज केहि थिएन, पुराना
पनि धेरै जसो ग्रुप म्यासेज थिए त्यसमा मेरो खास दिलचस्पी भएन | स्क्रोल गर्दै
गरे, मन तठस्त भएपनि सबैमा लाईक गर्दै गरे | कमेन्ट लेख्ने इच्छ्या छैन आज | फेरी भाईबर खोले अनि सोचे यसमा पनि केहि नयाँ हुने वाला छैन तैपनि स्क्रोल गर्दै
गरे | साथीहरुका केहि म्यासेज रहेछन तर अहिले सबै जना अफलाईन | अनलाइन भएका हरुसंग
पनि खास कुरा गर्न मन लागेन |
घाम पुर्ब बाट उदाउन सुरु गर्दै थियो | मेरो डोम पुर्ब
तिर थोरै ढल्केर उत्तर तिर फर्केको छ | अलि अलि घामका किरणहरु छड्के परेर मेरो
सामनेको ढुकुर बस्ने रुख भित्र छिरेका छन्
| म बस्ने ठाउँ शान्त छ | यहाँ बिहान आठ नबज्दै कोहि उठ्दैन | राति अबेर सम्म
बस्ने अनि बिहान ढिलो उठ्ने यहाको चलन छ | यो ठाउमा केहि घरहरु छन् अनि अगाडी ठुलो फुटबल ग्राउण्ड,
साइडमा बास्केटबल को कोर्ट अनि पछाडी तिर लवन टेनिस खेल्ने ठाउँ छ | मान्छे हरु साइकलमा ओहोरदोहोर गर्दछन | यो सबै
परिबेस, बिहान सबेरैको चियाको चुस्की अनि मेरो नयाँ फोन, याप्सहरु, फेसबुक, भाईबर
केहि कुराले पनि मनमा तरंग ल्याउन सकेन | सायद उन्ले चटक्क कनेक्सन बन्द गरेर होला
यो मन बेचैन भएको | सानो कुरामा म रिसाय सायद त्यो मनको तर्कना मात्र थियो | उनि
प्रतिको मेरो बिस्वासमा आत्माबिस्वासको कमि थियो होला सायद | म एक्लै बसेर सोच्छु
उन्ले गरेका सबै कुरा जायज लाग्छन | उन्ले कहिले पनि मेरो नराम्रो सोच्न सक्दिनन्
भन्ने लाग्छ | तर जब उनी मसंगै हुन्छिन किन मलाई उन्ले गरेका क्रियाकलाप देखावोटि लाग्छन
| म गम्दै थिए | सायद त्यो मेरो अत्मबिस्वसको कमि हो | मेरो विश्वास लाइ
आत्मविश्वास मा रुपान्तरण गर्न सकेको छैन | जति रिसायो त्यति बेचैन हुने | उन्ले
बुझ्दै नबुझे जस्तो लाग्छ अनि रिसाउछु फेरी एक्लै बसेर सोच्दा मैले भन्दा धेरै उन्ले
नै बुझे जस्तो लाग्छ | म धेरै अलमलमा पर्छु | धेरै दिन देखि रिसाउने अनि भावना
साट्ने काम भएको छैन सायद त्यसैले होला बेचैन भएको |
फोन भाइब्रेट गर्यो | मा बिस्वस्त त थिएन तर आशा
थियो उन्ले कनेक्ट गरिन कि भनेर | हतास
मनस्थितिमा स्क्रीन स्वाईप गरे भाईबर को नोटिफिकेसन रहेछ | सोचें, कुनै बेरंग, बेतरंग
को खबर आएको हुनु पर्छ | नोटिफिकेसन मा दबाएँ, उनले छोटो मिसकल गरेकी रहेछिन |
एतिका दिन नबोलेको मलाई जिस्काए जस्तो लाग्यो | म सोझो अनि उन्ले मलाई जिस्काएको
जस्तो लाग्यो | मैले कलब्याक गरेन तर म मा अलि फरक तरंग संचार भएको महसुस भयो |
मलाई अलि रिस पनि उठेको छ सायद उन्ले मलाई अलि सोझो भनेर हेपेको पो हो कि ? म द्वविधामा
थिएँ | मैले कलब्याक गरेन | फेरी फोन भाईब्रेट गर्यो उनकै कल आयो | मलाई ज्यादै
बोल्न मन थियो उनीसंग तर म फोन उठाएर सिधा सिधा मात्र उत्तर गरेर बसे | एकछिन अपरिचितहरु बिचको जस्तो भयो बार्तालाप |
एकछिन के कुरा गर्ने भन्ने जस्तो भयो | बिस्तारै हाम्रो मौन समयको बारेमा
एकार्कामा साटासाट भयो त्यसपछि इन्जिनमा
ओइल थपियो | हाम्रो अबुझाई सफा गरियो | मन हल्का हुदै गयो |
नौ बज्न थालेछ | नौ बजे मेरो क्लास सुरु हुन्छ |
केहि बेर उनीसंग कुरा गरे अनि हतार हतार मा लुगा लगाए साइकलमा चढी क्लासतिर लागे |
आज धेरै दिन पछि साईकल नागबेलीमा चलाउन मन छ मलाई | बाटोको छेउका फुलहरु पनि हासेर स्वागत गरिरहेका छन् | बाटोमा
हिड्दा चिनेका मान्छे हरुलाई अविबादन गर्दै मा लागे क्लास तिर |
No comments:
Post a Comment