Jan 24, 2014

मेरो मौनतामा

फ्यानको खीट-खीट आवाजले मलाई ब्युझाईदियो | उज्यालो राम्रो संग भै सकेको थिएन तर बाहिर चराको चिर्चिर आवाज आइ रहेको थियो | दुइवटा मात्र छन् यी चरा हरु जुन जहिले पनि मेरो डोमको सामनेमा रहेको यो रुखमा खेलेर बसिरहन्छन् | किमुको जस्तो लाग्ने यो रुख अलि झाप्रक्क परेको छ | एकबर्ष भन्दा बढी भै सक्यो म यो ठाउमा बस्न थालेको तरपनि यो के को रुख हो मैले उत्तर पाउन सकेको छैन | म उठेर  बसे बेडमा अनि हात लम्काउदै टेबलमा रहेको फ्यानलाई अर्को तर्फ घुमाए |   
सोचेर बस्दै थिए | आज अलि बेचैनी बढेको छ | हुन त यस्तो भएको धेरै नै दिन भै सक्यो | यो परदेशको परिबेस  भएर होला सायद अलि एक्लो पन छाएको आभास हुन्छ | खासै भोक लागेको त हैन तर चिया- कफी केहि चै  खाउँ जस्तै लागेको छ | पकाउने भाडोको नाममा एउटा पानी तताउने वाटर बोइलर छ मसंग यसमा मैले कहिले चिया पकाउछु अनि कहिले चाही अन्डा उसिन्ने काम गर्छु | पानी तताएँ, एक प्याकेट रेडिमेड टि-मिक्स पाउडर खन्याए अनि घोले | चिया कपमा राखेर कौसितिरको ढोका खोले | कौसीमा एउटा कुर्सि छ अनि साइडमा जारको पानी राख्ने भाँडो | कुर्सीलाई बाहिर तिर फर्काए | अब चराहरु बसेको रुक ठिक मेरो सामनेमा छ | ढुकुर जस्तो छ यो चरा, तर मैले बच्चादेखि देखेको मेरो आँगनमा खेल्ने ढुकुर भन्दा अलि फरक छ | हुनत यहाँका मान्छे हरु पनि त मेरो गाउँको भन्दा भिन्न छन् | खयर केहि छैन | यो जोडी ढुकुर खेल्ने रुख अनौठो छ | ढुकुर सबभन्दा पहिले हाँगोको फेंदमा बस्छ अनि टुक-टुक हाँगामा हिड्दै टुप्पो तिर लाग्छ एकले अर्को लाई पछ्याउदै | यिनी हरुको यो क्रियाकलाप मैले धेरै पटक भिडियोमा खिचेको छु | कहिलेकाहिँ अलि बोर हुँदा मैले यिनीहरुसंग घन्टौ समय बिताएको छु | यो परिबेस मेरो एक्लोपनको साथि बनिरहेको छ केहि समय देखि |  तर पनि आज मन अलि बेचैन छ |
अस्ति सेन्ट्रल पार्क गएर नयाँ मोबाइल किने | सामसुंग को ग्यालेक्सी फोन | एकदुई दिन त चलाउन पनि रमाइलो लाग्यो | फोटो खिचे, भिडियो खिचे | यप्स हरु इन्स्टल गरे |  गेम खेले | खेल्ने भन्दा पनि धेरै डाउनलोड गरे | रमाईलै भयो | तर आज यो फोन मा चार्म छैन | सायद मेरो मन बेचैन भएर होला | कसै संग बोल्न पनि त्यति मन छैन | कप उठाए चिया सुरुप्प पारे अनि कौसीको बार्दलीको डील मा रांखे | फोन घुमाए अनि फेसबुक खोले | तल माथि  स्क्रोल गर्दै गरे खासै रमाइलो कुरा केहि भेटिएन | त्यहाँ शेयर भयका सबै जोक हरु पुराना लागे, अभिव्यक्त गरिएका मनका भावनाहरु कम्जोर लागे | नयाँ खबर केहि  थिएन, नयाँ घटना केहि थिएन |  म्यासेज बक्समा नयाँ म्यासेज केहि थिएन, पुराना पनि धेरै जसो ग्रुप म्यासेज थिए त्यसमा मेरो खास दिलचस्पी भएन | स्क्रोल गर्दै गरे, मन तठस्त भएपनि सबैमा लाईक गर्दै गरे | कमेन्ट लेख्ने इच्छ्या छैन आज |  फेरी भाईबर खोले अनि सोचे यसमा पनि  केहि नयाँ हुने वाला छैन तैपनि स्क्रोल गर्दै गरे | साथीहरुका केहि म्यासेज रहेछन तर अहिले सबै जना अफलाईन | अनलाइन भएका हरुसंग पनि खास कुरा गर्न मन लागेन |
घाम पुर्ब बाट उदाउन सुरु गर्दै थियो | मेरो डोम पुर्ब तिर थोरै ढल्केर उत्तर तिर फर्केको छ | अलि अलि घामका किरणहरु छड्के परेर मेरो सामनेको ढुकुर बस्ने रुख भित्र छिरेका  छन् | म बस्ने ठाउँ शान्त छ | यहाँ बिहान आठ नबज्दै कोहि उठ्दैन | राति अबेर सम्म बस्ने अनि बिहान ढिलो उठ्ने यहाको चलन छ | यो ठाउमा  केहि घरहरु छन् अनि अगाडी ठुलो फुटबल ग्राउण्ड, साइडमा बास्केटबल को कोर्ट अनि पछाडी तिर लवन टेनिस खेल्ने ठाउँ छ |  मान्छे हरु साइकलमा ओहोरदोहोर गर्दछन | यो सबै परिबेस, बिहान सबेरैको चियाको चुस्की अनि मेरो नयाँ फोन, याप्सहरु, फेसबुक, भाईबर केहि कुराले पनि मनमा तरंग ल्याउन सकेन | सायद उन्ले चटक्क कनेक्सन बन्द गरेर होला यो मन बेचैन भएको | सानो कुरामा म रिसाय सायद त्यो मनको तर्कना मात्र थियो | उनि प्रतिको मेरो बिस्वासमा आत्माबिस्वासको कमि थियो होला सायद | म एक्लै बसेर सोच्छु उन्ले गरेका सबै कुरा जायज लाग्छन | उन्ले कहिले पनि मेरो नराम्रो सोच्न सक्दिनन् भन्ने लाग्छ | तर जब उनी मसंगै हुन्छिन किन मलाई उन्ले गरेका क्रियाकलाप देखावोटि लाग्छन | म गम्दै थिए | सायद त्यो मेरो अत्मबिस्वसको कमि हो | मेरो विश्वास लाइ आत्मविश्वास मा रुपान्तरण गर्न सकेको छैन | जति रिसायो त्यति बेचैन हुने | उन्ले बुझ्दै नबुझे  जस्तो लाग्छ अनि रिसाउछु  फेरी एक्लै बसेर सोच्दा मैले भन्दा धेरै उन्ले नै बुझे जस्तो लाग्छ | म धेरै अलमलमा पर्छु | धेरै दिन देखि रिसाउने अनि भावना साट्ने काम भएको छैन सायद त्यसैले होला बेचैन भएको |
फोन भाइब्रेट गर्यो | मा बिस्वस्त त थिएन तर आशा थियो उन्ले कनेक्ट गरिन कि  भनेर | हतास मनस्थितिमा स्क्रीन स्वाईप गरे भाईबर को नोटिफिकेसन रहेछ | सोचें, कुनै बेरंग, बेतरंग को खबर आएको हुनु पर्छ | नोटिफिकेसन मा दबाएँ, उनले छोटो मिसकल गरेकी रहेछिन | एतिका दिन नबोलेको मलाई जिस्काए जस्तो लाग्यो | म सोझो अनि उन्ले मलाई जिस्काएको जस्तो लाग्यो | मैले कलब्याक गरेन तर म मा अलि फरक तरंग संचार भएको महसुस भयो | मलाई अलि रिस पनि उठेको छ सायद उन्ले मलाई अलि सोझो भनेर हेपेको पो हो कि ? म द्वविधामा थिएँ | मैले कलब्याक गरेन | फेरी फोन भाईब्रेट गर्यो उनकै कल आयो | मलाई ज्यादै बोल्न मन थियो उनीसंग तर म फोन उठाएर सिधा सिधा मात्र उत्तर गरेर बसे |  एकछिन अपरिचितहरु बिचको जस्तो भयो बार्तालाप | एकछिन के कुरा गर्ने भन्ने जस्तो भयो | बिस्तारै हाम्रो मौन समयको बारेमा एकार्कामा साटासाट भयो त्यसपछि  इन्जिनमा ओइल थपियो | हाम्रो अबुझाई सफा गरियो | मन हल्का हुदै गयो |

नौ बज्न थालेछ | नौ बजे मेरो क्लास सुरु हुन्छ | केहि बेर उनीसंग कुरा गरे अनि हतार हतार मा लुगा लगाए साइकलमा चढी क्लासतिर लागे | आज धेरै दिन पछि साईकल नागबेलीमा चलाउन मन छ मलाई | बाटोको छेउका  फुलहरु पनि हासेर स्वागत गरिरहेका छन् | बाटोमा हिड्दा चिनेका मान्छे हरुलाई अविबादन गर्दै मा लागे क्लास तिर |    

Nov 9, 2013

हामीले भोट किन गर्ने ??

जब पहिलो संबिधान सभाले निर्धारित समयमा संबिधान जारी गर्न सकेन त्यस पछि नेपाली जनतालाई नयाँ संबिधान आउने कुरामा शंका बढ्दै गयो | संबिधान सभाको अतिरिक्त समयसम्ममा पनि संबिधान नबनी संबिधान सभाको अवसान हुनुले झन निरासा र अन्योल छायो | नेताहरु असक्षम र दलहरु निकम्मा साबित भए |  अन्तत निर्दलीय सरकार गठन भयो | सरकार संग जनताका अपेक्षा घट्दै गए | निर्दलीय सरकारले संबिधान सभाको दोश्रो निर्वाचन गराउने कुरा गर्दा पनि जनतामा अबिस्वास छाईरह्यो भने केहि दलहरु निर्वाचन मा सामेल नहुने र निर्वाचनको बिरोध सहित बहिस्कार गर्ने कुराले जनतामा उत्साह ल्याउन सकेन | ठुला दलका नेता हरुको भनाई र गराई मा देखिएको अन्तरले शंकाको आकार ठुलो पार्दै गयो |
जनतामा नैरास्यता छ , अबिस्वास छ, शंका छ, अन्योल छ; नयाँ संबिधान आउने कुरामा, मुलुक आर्थिक सम्ब्रिधि तिर जाने कुरामा , देशमा सुसासन आउने कुरामा, भ्रस्टाचारीलाई कारवाही हुने कुरामा | तर के हो त विकल्प ? के अर्को मुलुकले हाम्रो देशमा सुसासन ल्यईदेला? वा हाम्रो देशमा सम्ब्रिधि ल्याउनलाई अर्को कुनै देश बाट कसैलाई झिकाउनु( Import गर्नु ) पर्ने हो? यहाँ का सबै दल वा नेता हरु निकम्मा हुन्, कसैले नेत्रित्यो गर्न सक्दैनन? सबै व्यक्तिगत स्वार्थ र दलगत स्वार्थमा फसेका छन् ? सबै भ्रस्ट र अनैतिक हुन् ? यति भएपनि ठिकै थियो उनीहरु संग स्पस्ट नीति छैन वा दुर दृष्टि छैन ? वा हामी जनताको छनोट गलत हो ? हामीले लालचमा लागेर वा आफ्नो व्यक्तिगत स्वार्थ लाई हेरर वा कसैको दवाबमा परेर जनप्रतिनिधि छानिरहेका छौ? हाम्रो चेतनाको स्तर माथि उठ्न नसकेको हो कि हामी उदार बन्ने कुरामा? हामीले पनि नेताहरुले जस्तै आफु भन्दा माथि राष्ट्र लाई राख्न नसकेको हो कि?

अब यी सबै कुराको मुख्य कारण देशमा बिद्यमान राजनीतिक व्यवस्था नै हो | राजनीतिक अन्योल नै हो | जब राजनीति र सासन व्यवस्था स्थिर हुदैन त्यसले राष्ट्रका सम्पूर्ण अंग र क्षेत्रमा असर गर्छ | अहिले को नैरास्यता, अन्योल पनि यसकै उपज हो | अब मङ्सिर ४ मा संबिधान सभाको निर्वाचन हुदैछ | यहि संबिधान सभाको निर्वाचन नै एकमात्र समाधानको बाटो हो | हामि सबै उत्साहित भएर बिबेकपूर्ण हिसाबले यो निर्वाचनमा भाग लिनु पर्छ | प्रतिस्पर्धी मध्येमा मुल्यांकन गरेर  सहि नेत्रित्व दिन सक्ने उमेदवार र दललाई छनोट गरौ | निर्वाचनपछि देशको राजनीति र सासन व्यवस्था ले नयाँ मोड लिने छ | आशा गरौ सकारात्मक परिवर्तन देशमा छाउने छ | तर संगसंगै हामी जनताहरु पनि जिम्मेवार बन्नुपर्छ | भोट गरौ, जिम्मेवार बनौ |


Jun 9, 2013

यो भनेको यो हुनु पर्छ, त्यो भनेको त त्यै हुन्छ


  • "यो भनेको यो हुनु पर्छ, त्यो भनेको त त्यै हुन्छ " वाला स्टेटस ले फेसबुक भरेको बेला मैले कपी गरेर यहाँ राखी दिए | बिभिन्न व्यक्ति हरुको स्टेट्स बाट कपी गरेको हुनाले यहाँ श्रोत उल्लेख गर्न सकेन |  र यसको उदगम कहाँ बाट भएको हो भन्ने बिसयमा मलाई जानकारी नभएकोले जस्ताको तस्तै राखिएता पनि स्रोत नराखेको हो|
  • ·         Manchhe ko life bhaneko maintained hunu parchha, bhadragol ta desh pani chha ni.
    ·         Manchhe ko mann bhaneko fohar hunu parchha, safaa ta tempo pani hunchha...
    ·         Girls bhane pachhi haami lai baal dine hunu parchha, interest ta bank le pani dinchha ni...
    ·         मान्छे भनेको को त बिन्दास पो हुनुपर्छ त, Serious ICU को बिरामी पनि हुन्छ नि !!!
    ·         keti bhaneko beautiful hunupacha, Bullet bhaneko ta bike po hunxa ta!!
    ·         Engineering student ko back ta hunai paryo ni..."All Clear" ta shampoo ni hncha !!! Lol
    ·         Music bhaneko lok dohori po hunupar6. tyo metal bhane music ta iron pani hunxa
    ·         Mobile bhaneko ta samsung nai chalaunu parchha.......apple (iPhone) ta monkey ko pani favourite hunchha
    ·         छोरा भनेको इन्जिनियर  हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ ।
    ·         engineer ta computer engineer hunu parcha..Civil ta mall pani huncha...
    ·         करेन्सी त रुपैंया पो हुनु पर्छ,
    डलर त अन्डरवेर पनि हुन्छ| :प् 
    ·         केटीको फिगर त 'कोक' को बोत्तल जस्तो पो हुनु पर्छ..
    डल्लो र थ्याप्रो परेको त फर्सी पनि हुन्छ!!!
    ·         Kt vaneko valadmi hunuprcha chatpate ta bhaiya ko thela ma po huncha....:p
    ·         Confession bhaneko fake hunu parcha , Real ta juice pani cha.
    ·         Engineer ta engineer nai hunu parcha, Tearcher ta whisky pani cha
    ·         Keti bhaneko smart hunu parcha, secC ta 1/cosC pani huncha
    ·         Manchey vaye ko chiya khanu parcha, Dudh ta biralo le pani khancha :p
    ·         Gf vanak0 taw private p0 hunu parxa ! Public taw t0ilet p0ni hunxa  
    ·         Kapada bhaneko ta trouser po hunuparxa, cot2 ta cos2/sin2 pani huncha niii..

May 10, 2013

Random Thought


The one of hardest thing in life is to realize what exactly you want, what's your choice. Nothing is absolute. The primary fact of life (human, earth, universe) is change. life is changing continuously so our wants and choices. Compromise and adaptation,  when they are favorable to you at that time you think that is your choice but when they are not at your side you think that is compromise.  Nothing is good or bad, their cause and effect can be the determinant. Same act for good cause and bad cause is interpreted differently.  In the similar way, if the outcome or the effect of a act is positive then it is taken positively. 
If you stand at the top you see the below mountain at low level and if you go downhill of the mountain you will see it at the top. So the perception is also not absolute. Don't blame others. When they climb up their thinking also changes so the perception of the preceptor. 

Nov 16, 2012

दण्डहिनता बिच न्यायको खोजि !

अराजकता र दण्डहिनता  अहिले पराकास्ठा मा पुगेको बेलामा तपाईं न्याय खोज्न जानु भयो भने उल्टै पिडित भएर आउनु पर्ने बाध्यता अहिलेको नेपालको यथार्थ हो | गाडीमा धेरै भाडा असुल्यो तपाइले तिर्नै पर्ने हुन्छ | होटेलमा फोहोर भयो भने केहि घटिया डायलग खाएर फर्कनु पर्ने हुन्छ | सरकारी कार्यालयमा काम ढिला भयो भनेर हाकिमको मा उजुरी गर्यो भने यस्तै हो यहाँ म्यानपावर छैन भन्छन | यस्तै यस्तै जता गयो न्याय पौने कुराछैन | जिम्मेवार निकाय नै निकम्मा हुनुले अराजकता हावी भै रहेको हो |
अहिले नेताहरु प्रति जनताको आक्रोस धेरै नै छ तर हाम्रा बाध्यता छन् तसर्थ नेताको पछि लाग्नेको घुईचोको तुलनामा अन्य व्यक्तिहरु कम छन् | यो गलत संस्कृति स्थापित भै सकेको छ | नेताको पछि लाग्नु पनि बाध्यता हो | पुराना नेता हरुसंग केहि आशा राखिय त्यो पुरा भएन | नया दलका नया नेता हरु संग फेरी केहि आशा राखिय त्यो पनि पुरा भएन | जहिले पनि आन्दोलन र क्रान्ति को  नाममा जनताको बुई चढेर सत्तामा पुग्ने अनि देश लुट्ने बिकृति बढाउने संस्कृतिले जरा बढाउदै गयो | निरास भै नहाले पनि आशा राख्ने ठाउँ भेटेनन जनता हरुले | अनि अगाडी आयो झापड संकृति | कहिले का.झलनाथ त कहिले सुशील दा अब आएर नेपालका बरिस्ठ डन् क. प्रचण्ड माथि यो संस्कृतले छोईसकेको छ | मलाई यो एउटा अराजकता बिच मौलाएको दण्डहीनता भित्र जनताले न्यायको खोजि गरे जस्तो लाग्छ |
मलाई हिंसा मन पर्दैन , म हिंसा बिरोधि हो तर यो झापड संस्कृति हिंसा को स्वरुप हो जस्तो लाग्दैन किनकि यो एउटा नेपोलियनले भनेको उक्ति ("The world suffers a lot. Not because of the violence of bad people, but because of the silence of good people!") जस्तै हो | यदी राज्य र राज्यका जिम्मेवार निकायले न्याय दिन नसक्ने हो भने जनताले न्यायका खातिर यो झापड संस्कृति लाई प्रसय दिने छन् | यो नेता हरुमा मात्र लागु हुने हैन आउदा दिनमा राज्य र समाजका अन्य तह सम्म पुग्ने र यो बिकृति अझै बढने देखिन्छ |

Mar 30, 2012

अब केहि होला जस्तो छ: आइ. सी .टि बिकाश योजना !

सधै केहि बिग्रेको, भत्केको, चोरेको, ठगेको , मरेको अथवा घुस खाको, कमिसनको चक्करमा काम नबनेको यस्तै यस्तै खबर देखि सुरु हुने दिनचर्या आज अलि बेग्लै हिसाबले सुरु भयो | यो देशमा केही राम्रो नहुने भयो, राम्रो कुरा सब गफ मात्र हो, काम केहि हुदैन भन्ने हरुलाई पनि केहि पत्यार लाग्दो समाचार आयो | आज नेपाल पनि सूचना र प्रविधि को युग मा प्रवेश गरिसकेको अवस्थामा यो कुरा तेती नौलो नलाग्न सक्छ |
कुरा के भने सूचना प्रविधिको ३ बर्से योजना सरकारले सार्बजनिक गरेको छ पहिलो बर्षको योजना मुख्य त connectivity मा रहने छ | केहि दिनमै Broadband को policy पारित गरि एस्लाई पहिलो प्राथमिकतामा राखेर connectivity विस्तार गर्ने योजना छ | पुराना fixed line हरु विस्तार गर्नु भन्दा मोबाइल र boradband को व्यापक विस्तार ले छिट्टै फड्को मर्ने निश्चित छ . हुनत नेपाल टेलिकमले मात्र पनि २०१२ को अन्त्य सम्म मा १८०० गा. बि. स सहित पुरै ४००० गा. बि . स मा वाई-फाई विस्तार गर्ने कार्यक्रम अगाडी ल्यैसकेको छ | भरपर्दो (reliable ) र चाडो (fast)  service guarantee को लागि सबै underlying network MPLS(multiprotocol label switching) अन्तर्गत backbone बनाई संचालन मा ल्याईने छ |
नेपाल सरकार ले दुर्गम मा निसुल्क र सुगम मा न्युनतम सुल्क मा broadband सेवा संचालन गर्ने भएको छ | केहि विद्यालय, हस्पिटल अन्य  "not-for-profit" संस्था हरुलाई पनि जडान सुल्क मिनाहा गरि यो सेवा प्रदान गरिने छ |

यसै बिचमा सरकारले  सरकारी सूचना र सेवा सहज पहुच को लागि national hub बनाएर अगाडी बढ्ने काम पनि केहि महिनामा सुरु हुने जनाएको छ | e-governance को सहयोग को लागि र पूर्ण रुपमा e-government को प्रत्याभूति गर्न को लागि यो hub ले  महत्वपुर्ण भूमिका खेल्ने छ | यस अन्तर्गत सम्पूर्ण मन्त्रालय, सरकारी बिभाग र त्यस मातहत का कार्यालय हरु एउटै national e-gov. portal मा रहने छन् | यो portal मा हुने content विभिन्न स्थानीय भाषामा हेर्न सकिने छ | सम्पूर्ण शारीरिक अवस्थाको व्यक्तिहरुको पहुच हुनु पर्ने कुरालाई ध्यान मा राखेर यसमा उपलब्ध हुने content  श्रव्य दृश्य तथा  सांकेतिक format मा पनि हेर्न तथा सुन्न सकिने छ | विभिन्न module हरुको development को लागि नेपाली software company मा नै bidding गर्ने पनि बिज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ | जसले गर्दा नेपालमा IT को जनसक्तिको व्यापक आवस्यकता पर्ने देखिन्छ |

राष्ट्रिय डाटा सुरक्षा (data security) नीति अन्तर्गत सम्पूर्ण data हरु central data center मा सुरक्षित गरिने छन् | प्राकृतिक प्रकोप र अन्य दुर्घटना बाट सुरक्ष्या दिनको लागि अन्य geographically separated  mirror server  हरु राखिने छ | हाल लाई एस्ता mirror server  को लागि ५ (पाँच) स्थान हरु छनोट गरिएको छ र यी सबै cloud network  मा रहने पनि project implementation document मा उल्लेख छ | हाल छनोट गरिएका स्थान हरु धनगढी, दांग, कास्की , काठमाडौँ र उदयपुर छन् | नेपालमा अन-लाईन सेवा  बिकाश विस्तार नहुनुमा साइबर ल बलियो नभएको मुख्य निस्कर्स निकाल्दै अबको ६ महिना भित्रमा नेपाली परिबेश मा उपयोगी हुने खालको साइबर ल ल्याउने तयारी भनेको पनि मन्त्रालयले जनाएको छ | Intellectual property law अन्तर्गत content theft and piracy control, copyright, trademark registration, product licensing , rules of fair use त्यसै गरि Information security को लागि  unauthorized access, data privacy and spamming. अनि data  and network security को लागि limits of use of encryption   and the devices पनि उल्लेख गरिने छ | censorship and freedom of expression लाई पनि ध्यान मा राखी यो कानुन बनाईने छ |  विद्युतीय व्यापार लाई ध्यान मा राखेर laws governing trade on the Internet, taxation, consumer protection, and advertising हरुलाई पनि यो कानुन मा समेटिने छ भने विद्युतीय संचार माध्यम हरुलाई पनि यो कानुन ले परिभाषित गर्ने छ |
 मन्त्रि परिसदको को बैठकमा प्रधानमन्त्रि  ले यो ३ बर्से द्रुत आई. सी .टि बिकाश योजना को बारेमा जानकारी दिदै सम्बन्धित मन्त्रालय हरुलाई आफ्ना काम हरु सकेसम्म electronically गराउन निर्देशन पनि दिए | बिशेष गरेर ग्रामिण बिकाशलाई ध्यान मा राखेर content develop गर्नु पर्ने र एस्मा सबैको पहुचहुनु पर्ने कुरा पनि प्रधानमन्त्रि ले जोड दिय|
ग्रामिण जनता हरु मा आई. सी .टि सम्बन्धि ज्ञान को अवसर र पहुच नभएको हुदा एस्लाई एकदम छोटो अवधिमा अगाडी बढाउनको लागि बिसेष आई. सी .टि तालिम कार्यक्रम अन्तरगर हालको लागि २० जनाको Expert group  बनाई  frameworking  गर्ने र केन्द्रीय स्तर मा ५०० जना ईन्जिनियर हरुलाई लगाएर तालिमको लागि syllabus, content  र अन्य सामग्री हरुको ब्यबस्थापन गर्ने र मध्यम स्तरको आई. टी को जनसक्ति झन्डै २५ हजार लाई जिल्ला र गाउँ स्तर मा लगाउने कुरा पनि सरकारले सार्वजनिक गरेको छ |

यी सबै कार्यक्रम निर्धरित समयमा सफल बनाउनको लागि सरकारले प्रधानमत्री को कार्यालय अन्तर्गत रहने गरि आई. सी .टि बिशेस आयोग गठन गरेको छ | जस अन्तर्गत हाल २०० जना ईन्जिनियर हरुको दरबन्दी यो छ महिना भित्रमा पुरा गर्ने पनि जनाइएको छ |   र माथि उल्लेखित सम्पूर्ण काम हरु यहि आयोग को अन्तर्गत रहने पनि जनाइएको छ |


looflirpa


Oct 17, 2011

बाबाले झन्डै कुटाई खायो !


“अलोक निरन्जन “ बाहिर गेट मा कराउदै थियो | मैले खासै वास्ता गरेन | धेरैबेर कराई रह्यो तै पनि मैले हेरेन | एकछिन पछि भुभुजेना जस्तो गरि संख फुक्न थाल्यो एसो बाहिर हेरेको २ जना गेरु बस्त्रधारी जोगी  रहेछन | ठिकै छ जोगी हरु रहेछन भनेर दस रुपैया लगेर दिएको त एकजनाले भन्यो “ बालक चाय बनालो “ | बिहानको ११ बजेको थियो | मैले हिन्दी बोल्न नजानेको जस्तो गरि “छैन चाय” भनिदिए | पन्जाब बाट आएको रे तिनी हरु | एकछिन किचकिच गरि रहेका  थिए गालि गरेर पठाइदिए | एकछिन मा पल्लो घर मा गएर पनि गेट ढ्यांग ढ्यांग पारेर कराहीरहेका थिए | शंख फुकेर हल्ला गरि रहरको भएर मलाई पनि  रिस उठ्यो | नेपाली  केहि बोल्न नजान्ने अनि  शिवजी को नाम मा मान्छे तर्साएर हिड्ने जोगी हरुको पारा देखेर कुट्न मनलाग्यो | फेरी बाहिर गएर हल्ला नगर्न अनुरोध गरे ..झनै कराउछ बा | अत्ति रिस उठ्यो अनि “कुट्देउ कि चुप लाग्छस” भने | “बाबा सराप देंगे , बाबाको ऐसे मत करो’ पो भन्छ | “ तेसो बाजे  तैले भरे गएर दारु खाने बाबा त होस् , बढी कराउछ्स ..पिट्दिउ “ भनेको  अनि तहमा आयो, एकछिन पछि चुप लागेर हिड्यो | यसरी खुलेआम बच्चा हरुलाई तर्साउने गरि “बाबा “ को नाम मा “गेरु बस्त्र धारण गरेर “ लुट मच्चाउने हरुलाई प्रसासन ले केहि गर्दैन ?? मलाई त अच्चम्म लाग्यो | मान्छे हरु पनि त्रिसुल संख बोकेको देखेर डराएर जति भन्छ तेती नै दिएर बस्दा रैछन | मैले त लखेटी दिए, तपाईं हरुले पनि एस्ता “बाबा “ लाई भेटेमा लखेट्नु होला |