May 15, 2021

  मायावी शक्ति  

 


- विरोध रिजाल

तिमी मुस्कुराई रहेका हुन्छौ 

मोति जडित कुर्सीमा विराजमान भएर 

सायद यो नै तिम्रो उत्तम समय हो 

जुनबेला तिमी आफूलाई 

सर्वशक्तिमान् महसुस गरिरहेका छौ 

भित्रभित्रै दङ्ग परेर 

सायद मनमा लड्डु फुटाउँदै छौ होला 

किनकि मायावी समय बन्दैछ 

निकै लामो जिन्दगीको संघर्ष पछि

तिम्रा विरोधीहरूले तिम्रो 

रौ सम्म हल्लाउन सकेका छैनन् 

तिमीलाई लाग्दो हो 

संसार कति सुन्दर छ है 

किनकि तिम्रो दृष्टिमा परेका छैनन् 

ति हस्पिटलको सघन कक्षमा 

छटपटिएका जिन्दगीहरू   

एउटा बेड नपाएर 

आर्तनाद गरिरहेका मानिसहरू 

जीवन र मृत्युको दोसाँधमा 

पिल्सिएका हजारौँ बिरामीहरू 

न त तिमीले सुन्नेनै छौ 

एम्बुलेन्सका कर्कश साइरनहरू 

आफ्नो मान्छे गुमाएकाहरूको चित्कारहरू 

न त तिमीले भेट्ने नै छौ 

एक छाक खान नपाएका भोका पेटहरू 

अनिश्चित भविष्यले पिरोलिरहेका युवाहरू 

किनकि तिम्रा 

शयनकक्ष आवाज निषेधित छन् 

तिम्रा दृश्यहरू स्वप्निल छन् 

तिमी सर्वशक्तिमान् छौ 

किनकि तिमी शासक हौ 

इतिहासमा निरो पनि एक शासक थियो 

जो रोम जल्दै गर्दा बाँसुरी बजाउँथ्यो रे ।  

 निरो पनि एक शासक थियो  रे। 



Apr 3, 2021

साना सपना - यात्रा संस्मरण

 “मोबाइलमा सिम कार्ड छ । तिन वर्ष भयो नचलाएको । के गर्यो भने चल्छ होला ?”

मैले सोधे "कुनको हो, एनटिसी हो कि एनसेल "? खासमा जुनको भएपनि त्यो सिम चल्छ कि चल्दैन मलाई ज्ञान थिएन, तैपनि सोधेँ । उनले एनसेल को हो भनेँ । मैले थाहा भएन दाइ भनेँ ।

झन्डै पचास पचपन्नको उमेर, आधा टाउको चिल्लो आधा झुसिलो । मुन्ठेको दाह्री अनि खौरिएको जुँगा । कालो सिन्थेटिकको ज्याकेट छ । ज्याकेट खुइलिएको धुलो पाइन्टभरि झरेको छ ।

उनको पहिरन हेर्दा भर्खर विदेशबाट आएको अनुमान गर्न सकिँदैनथ्यो ।

म दाङ जानको लागी कलङ्की चोकबाट गाडी चढेको थिएँ । दाङ यात्रामा छिमेकी सिटको सहयात्री थिए हमिद दाइ । “तीन दिनदेखि परिवारसँग कुरा हुन पाएको छैन”, हमिद दाइले भने ।

“किन नि?”, मैले सोधे ।

हिजो राती एघार बजे एअरपोर्टमा उत्रेको । होटेल सम्म पुग्दा दुई बजिसकेको थियो । बिहान पाँच बजे उठेर बसपार्क पुगेर टिकट काटे । अहिलेसम्म बस मै छु ।

"कहाँबाट आउनु भएको ?" मैले सोधे ।

साउदी अरबबाट ।

“ए वैदेशिक रोजगारका लागि जानु भएको । कति वर्षपछि आउँदै हुनुहुन्छ?", मैले सोधेँ । “दुई वर्षपछि”, उनले भने ।

केहीबेरमा उनले फेरि रिचार्ज कार्ड देखाएर सोधे “यो हाल्यो भने फोन खुल्छ कि”?

मैले फोन मागेर मेरो नम्बरमा डायल गरे । “नट रजिस्टर्ड इन नेटवर्क ” भन्ने म्यासेज आयो । मैले भनेँ, “तपाईंको सिम कार्ड खुलाउनु पर्छ, अहिलेलाई मेरो मोबाइलबाट कुरा गर्नु न ।”

उनले आफ्नो मोबाइलको कललगमा नम्बर खोजे । नम्बर भेटिएन । लाष्टमा १६ थियो त्यो नम्बरको, खै देखेन भने । मैले खोज्ने प्रयास गरे । भेटिएन ।

“कस्तो छ अरबमा काम गर्न?” मैले सोधेँ ।

अरे भै (भाइ ) अर्काको देश हो के सजिलो हुन्छ । हाम्रो मजबुरी न हो ।

दाइले पीडा पोखे । मैले उनलाई सहयोग गर्न चासो देखाएको भएर होला हमिद दाइ अलि खुलेर कुरा गर्न थाले ।

“के काम गर्नु हुन्छ अरबमा ?”, मैले फेरी जिज्ञासा तेर्साए ।

“पाइप फ़िटिङ्गको काम छ ।”, दाइले भने ।

“ए, प्लम्बिङ्गको काम ?”, मैले बुझेजसरी भनेँ ।

दाइले बुझे की बुझेनन् "त्यस्तै हो " भने ।

“प्लम्बिङ्गको काम त काठमाडौँमा पनि धेरै छ । यहाँ घरको धारा बिग्रेको बेला हामीलाई प्लम्बर भेटाउन मुस्किल छ । अनि भेटिए पनि धारा छोयो कि कम्तिमा पाँचसय त लिएर जान्छन् । यतै बसेर काम गरे भैगो नि” मैले भनेँ ।

त्यस्तो घरको धारा बनाउने त कहाँ हो । उता त मेसिनले जमिन खन्छ, हामीले पाइप हालेर फिटिंग गर्ने हो अनि मेसिनले पुर्ने काम गर्छ ।

“ए ए तपाईंले ठुलो लाइनको काम गर्नु हुँदोरहेछ”, मैले भने । “त्यही त छ “, हमिद दाइको उत्तर आयो ।

फेरी एकछिन हमिद दाइले मोबाइल हेरे अनि भने “छिमेकीको एउटा नम्बर त छ” ।

“कल गर्नुहुन्छ?”, मैले सोधेँ ।

अनि मैले उनको मोबाइल मागेर नम्बर हेर्दै मेरो मोबाइलबाट डायल गरे । फोन गयो । हमिद दाइले कुरा गरे । कुरा भए पछि उनी प्रसन्न मुद्रामा देखिए ।

यो छिमेकी हो । मेरो घरमा गएर सुनाइदिन्छ । हमिद दाइले खुशी साटे । म पनि मुस्कुराएँ ।

“के छ विदेशको कमाइ कस्तो छ ? गार्हो साह्रो पर्यो भने साथीहरूले कति सहयोग गर्छन”, मैले सोधेँ ।

कमाई त ठिकै छ । मुदिर (म्यानेजर ) राम्रो भयो भने अलि सजिलो पनि हुन्छ । कम्पनी राम्रो भयो भने अरु पनि राम्रो हुन्छ ।बिरामी पर्दा पनि पैसा दिन्छ तर धेरै नेपालीहरूको राम्रो मुदिर हुँदैन , सरिकाया(कम्पनि) पनि राम्रो छैन दुख पाको छ । केही महिनाको पैसा दिन्छ फेरी केही महिनाको दिदैँन । दिनरात काम लगाउँछ । छुट्टी पनि दिदैँन । दिनमा पन्ध्र सोह्र घण्टा काम गर्नुपर्छ । मेरो त सरकारी हो । मैनाको एघार सय रुपियाँ (रियाल) दिन्छ । बस्न खान दिदैँन । चारसय त्यसमा खर्च हुन्छ । बस् बच्ने त सात सय रुपियाँ (रियाल ) हो ।

“अनि बिरामी पर्यो भने के हुन्छ ?”, मैले सोधेँ ।

हामी सरकारीको पैसा आउँछ । मुदिर राम्रो छ भने प्राइभेटमा पनि हेर्छ । तर मुदिर राम्रो छैन भने दुख हुन्छ । सानोतिनो कम्पनी छ भने त त्यसले हेर्दैन । कामै सब सकिन्छ ।

“नेपाली भनेर त हेप्दैनन् होला नि ?”, मैले फेरी प्रश्न तेर्स्याएँ ।

अरे भै (भाइ) विदेशको ठाउँ छ । कसले हेर्छ हामीलाई । काम मात्र लगाउँछन् । हामीलाई के मान्छे गन्छ उनीहरूले ?

पहिलेको राजा अलि ठिक थियो । अहिलेको राजा त गरिबको हितमा छैन । निकै गार्हो छ । हामीले कसलाई भन्ने ? सुनिदिने त कोही छैन । तपाईंले फेसबुकमा देख्नुहुन्न? पैसा पनि नदिएर काम मात्र लगाएको ? कति बन्धक भएर बसेका छन् । हमिद दाइले बेलिबिस्तार लगाए ।

मैले भने, “हाम्रो दुतावास छ नि, रियादमा जानुहुन्न त्यहाँ ?”

दुतावास के छ ? उनीहरु यहाँको शेर हो वहाँको स्याल हो । के कुरा गर्न सक्छ हाम्रो बारेमा त्यहाँको सरकार सँग ? आखिरमा जे दुख छ हामी भोग्नु पर्छ ।

तपाईं दुतावासमा जानुभएको छ त कहिले ? मैले फेरी सोधेँ ।

चार वर्ष जति अगाडि गएको थिए । तर दुतावासले केही सहयोग गरेन ।

किन जानु भएको दुतावास?

त्यो छ कि, साथीहरूले रक्सी खाएर बदमासी गरे भै, मलाई पनि फसाइदियो।

“ए रक्सी पनि पाइन्छ अरबमा ?”, मैले सोधेँ ।

"आफै बनाउछन् तिनीहरु", उनले भने ।

“कसले बनाउँछ ?”, मैले सोधेँ ।

त्यो खेतीपाती गर्न गएका हुन्छन नि उनीहरु लोकल जस्तो रक्सी बनाउँछन् अनि त्यही खान्छन् ।त्यही रक्सीले त कतिलाई अप्ठ्यारो परेको छ । रक्सी खाएर बदमासी गर्छन । अनि कमाएको सबै पैसा त्यही जरिवानामा सकिन्छ । कति त जेलमा सडेका छन् । गार्हो छ भै (भाई )।

दाइले नारायणघाटमा एक किलो सुन्तला किने । मलाई सुन्तला खान अनुरोध गरे ।

“म खाना खाएर खान्छु, तपाईं खानोस् न”, मैले भनेँ ।

मेरो त बाँडेर मात्र खाने बानी छ । म एक्लै खान सक्दिनँ ।

हामीले गैँडाकोटमा खाना खायौँ । उनले फेरी सुन्तला खान अनुरोध गरे । मैले एउटा सुन्तला खाएँ ।

मेरो फोनमा एउटा अपरिचित नम्बरबाट फोन आयो । फोन उठाएर मैले “हेलो हेलो” भनेँ ।

उताबाट पनि हेलो भन्ने आवाज आयो, अनि मेरो आवाज सुनेर रङ्गनम्बर परेछ भन्न थाले । मैले एकछिन है भनेर हमिद दाइलाई फोन दिएँ । दाइले राम्रै सँग कुरा गरे । फोन राखे अनि भने "ज्वाईंले फोन गरेको" । " तपाइंको ज्वाइँ हुनुहुन्छ "? मैले सोधेँ ।

मेरो छोरा र ज्वाइँ लमहीमा कुरिरहेछ मलाई लिनलाई । हामी गढवामा बस्छौं ।

"आज घरमा सबै जना खुसी हुन्छ होला हैन ?”, मैले सोधेँ ।

"ज्वाइँसँग त छ वर्ष पछि भेट हुँदैछ । उनी पनि विदेशमा बस्छन् । उनको कतारमा काम छ । पन्ध्र दिन अगाडि उनको बिदा सक्कीसकेको थियो । मलाई भेट्नलाई बसेका " ।

"आज घर रमाइलो हुने भो ", मैले भनेँ ।

"के गर्नु ? जेठो छोरोले पढेन । महिनामा तीन हजार खर्च गरेको थिएँ उसका लागि तर पाँच कक्षामा धेरै चोटी फेल भयो । दुई वर्ष अगाडि बिहे गर्यो । उसको बिहेमा पनि म आउन मिलेन । बुहारीसँग पनि भेट भएको छैन । आज पहिलो पटक भेट हुन्छ । छोरा पनि वैदेशिक रोजगारमा गएर फर्केको । मलेसियामा थियो । तर कमाई धमाइ भएन । अब जाँदैन रे । आखिर किस्मतमा जे छ त्यही त हुन्छ । माहिलो छोरा अलि पढ्न मन गर्छ । सात कक्षामा पढ़छ अहिले । उसको बिहे चाहिँ अलि पढेर आफैले केही गर्न सक्ने भए पछि गरि दिने विचार छ ।

आफूले धेरै पढ्न सकिएन । पहिले बदाम बेचेर परिवार चलाएँ । पछि पुर्याउन गाह्रो भयो । छ वर्ष देखि साउदी बसेर काम गरिराछु । दाइले फेरी विस्तार लगाए ।

साउदीमा मेरो खुट्टा भाँचियो । मोपेडमा जाँदै थिए । अर्को तिर बाट आएको ट्रकले ठोक्यो। म तीन महिना अस्पतालमा बसेँ । परिवार साथमा छैन, बहुत चिन्तामा दिन गुजारा भयो भै (भाई ) ।

अनि उपचार खर्च र बिदाको पैसा दियो त ? मेरो उत्सुकता रोकिएन ।

उपचार खर्च त त्यो ट्रकवालाले दियो । मेरो त सरकारी काम हुनाले बिदाको पनि पैसा दियो । पैसा दिएर के गर्ने भै आफ्नो साथमा कोही छैन मर्ने पो हो कि भनेर खुब चिन्ता लाग्यो घर परिवारलाई सम्झेर । आखिर गरिब लाई जहाँ गए पनि दुख छ । दाइले फेरी दुखको पोको फुकाए ।

चन्द्रौटामा काक्रो,बदाम, आइसक्रिम बेच्न गाडीमा ल्यायो । दाइले आइसक्रिम खान अनुरोध गरे । मैले खांदैन दाइ तपाईं खानोस् न भनेँ । उनले मलाई केही खावोस भन्ने चाहन्थे । हमिद दाइ अत्यन्तै सज्जन र मिजासिला रहेछन् ।

मलाई फेरी सुन्तला खान अनुरोध गरे । मैले पनि खाएँ, उनले पनि खाए ।

उनले सुन्तलाको बोक्रा हातमा राखे अनि झ्याल खोले । फेरी सोधे मलाई, यो फाल्दिउ बाहिर ?

“बजारमा यसरी गाडीको झ्याल बाट बाहिर फोहोर फाल्न मिल्छ ?”, मैले ठट्यौलो पारामा सोधेँ ।

दाइ अलि लजाए । मैले भने "अलि पर जङ्गलमा पुगे पछि फाल्नुस् न, एकछिन यतै राख्नोस्" । दाइले सहमति जनाए ।

उनले बेला बेलामा आफ्नो ज्वाइँसँग मेरो मोबाइल बाट कुरा गरिरहेका थिए । अनि भन्दै थिए “बडो सजिलो भयो कुरा गरेर । ज्वाइँ त्यो टेम्पो लिएर बसीराछन् रे । नभए गाडी न पाइएला कि भन्ने डर थियो “ ।

कति बेर लाग्छ गढवा पुग्न ? मैले सोधेँ ।

लमहीबाट आधा घण्टा । दाइले जवाफ दिए ।

गन्तव्य नजिकिँदै जाँदा दाइ अझै उत्साहित थिए । कपिलवस्तुका खेतहरू हेर्दै भने "यो पटक मसुरो लगाएन ?"

खै दाइ मलाई थाहा भएन, मेरो निम्सरो जवाफ आयो ।

पानी त परेको थियो, मसुरो हुन्थ्यो होला, कसैले लगाएन जस्तो छ । दाइ भन्दै थिए ।

हेर्नुस् भै, अर्काको देशमा के काम गर्ने, सन् २०२० पछि त उताको सजिलो काम उताकै मान्छेलाई दिने भन्दै छ । त्यसो भयो भने धेरै नेपाली फर्किनु पर्छ । नेपाल फर्किएर काम पाउन पनि गाह्रो छ । काम दिए त गर्नु हुन्थ्यो ।यता राप्तीको पानी नहरबाट लगेर हाम्रो गाउँमा सिँचाइ गर्ने कुरा छ रे । यतै खेतीपाती गर्न पायो भने त म पनि विदेश जाँदैन ।

काम गर्ने ठाउँ नपाएर अर्काको देश बनाउन जानु परेको छ, बहुत दुख लाग्छ भै । दाइ भावुक भए ।विदेशीले हेपेको सम्झेर त जान मन लाग्दैन । उनीहरु हामीलाई मान्छे ठान्दैनन् । यतै काम गर्न पाए त हुन्थ्यो तर के काम गर्ने यहाँ ? आफ्नो काम गरेर परिवार पाल्न सकिदैन । हामीलाई काम कसले दिन्छ ? पहिले मैले बदाम बेचेर दिनमा सय रुपैयाँ बचाउँथे । पछि त्यो बदाम उठाउन गाउँमा अरु पनि आउन थाले । मैले बदाम पाएन । विदेश नगई केही उपाय लागेन भै ।

उता बस्दा कहिले काहीं त लाग्छ म भोकै पेट बाँधेर बस्छु तर विदेश जाँदिनँ । के गर्नु ? ठुलो परिवार छ, यही बाध्यता छ । दाइले दुखेसो पोखे ।

मैले फरक प्रसङ्ग कोट्याए । अहिले त मधेश देशको पो कुरा गर्दैछन् त । तपाईंलाई थाहा छ ? तपाईं र हामी त फरक देशको मान्छे पो भइन्छ कि जस्तो छ ।

यो सीके राउत र सरकारको एघार बुँदे सहमति भयो रे । यो सब अस्थिरता फैलाउन भइरहेको छ । अहिले जे छ ठिकै छ । मधेश देश भयो भने के हुन्छ? त्यहाँ फेरी जाति, धर्म छुट्टाउँछ। गरिब त जुन देशमा भए पनि गरिब नै हुन्छ । हुँदा खाने नै हो सँधै । कम्तिमा स्थिरता भएर काम गरि खान पायो भने सबै भन्दा सुखी देश त्यही हो हामीलाई ।

हामी लमही पुगीसकेका थियौँ । बस पार्कमा पुगेर बस रोक्कियो । हमिद दाइ ओर्लने बेला आयो । हामीमा आत्मियता बढिसकेको रहेछ । उनी सँगै म पनि बसबाट ओर्लिए । उनका ज्वाइँसँग भेट भयो । मैले नमस्कार गरेँ। टेम्पो तयारी अवस्थामा थियो । हमिद दाइले आफ्नो सबै झोलाहरू टेम्पोमा राखे । हामीले अङ्कमाल गर्यौं। आफ्नो ठाउँमा आइपुगेकोले हमिद दाइ प्रसन्न थिए ।

म दाङसम्म पुग्नु पर्ने थियो । बसमा फेरी चढेँ। सोचेँ उनका साना साना सपनाहरू पनि कति कष्टकर छन् है ? परिवारको पेट पाल्न सारा जीवन परिवार भन्दा टाढा रहेर बाँच्नु पर्ने । कस्तो मानबिय बाध्यता ?

मिति २०७५ साल चैत्र २ गते, शनिबार

किनपा -२ मैत्रिनगर स्वर्गद्वारी टोल

Mar 30, 2018

बन्यो ! सुशासन तथा सूचना प्रविधि प्राधिकरण |

सर्वप्रथम त दुइतिहाइ भन्दा बढी समर्थन प्राप्त सरकारबाट गरिएको घोषणाको हार्दिक स्वागत गर्दै  धन्यवाद ज्ञापन गर्न चाहन्छु | बिकसित देश मात्र हैन अत्यन्तै अल्पविकसित र मानव विकास सुचाकंमा पुछारमा रहेका देशहरू जो सँधै हाजिरजवाफ वा अन्य प्रतियोगिताका  प्रश्न बन्ने गर्थे ति देशहरूले यो दशकमा हासिल गरेको उपलब्धि चामत्कारिक नै छ | प्रविधिको प्रयोगनै यो विकासको मुख्य कडी बन्न सक्यो | त्यसमाथि कान्छो प्रविधिको रुपमा चिनिएको सूचना प्रविधिको महत्वपूर्ण स्थान रहन गयो | नेपाल सरकारले पनि सुशासन र विकास सहितको सम्बृदीको जुन कल्पना थियो त्यसलाई साकार पार्नका लागि गरेको पहल अत्यन्तै सकारात्मक छ | सूचना प्रविधिलाई उच्च स्थानमा राखेर प्रधानमन्त्री कार्यालयको मातहतमा सर्वाधिकार सहितको सुशासन तथा सूचना प्रविधि प्राधिकरण स्थापना गर्नुले सूचना प्रविधिको उच्चतम् उपयोगका लागि मार्ग प्रसस्त गरेको छ | 
राष्ट्रिय सूचना सुरक्षा नीति, अन्तरदेशीय सूचना प्रवाह मार्ग सम्बन्धी कार्यविधि, सम्पूर्ण स्थानीय तहमा सूचना प्रविधि प्रणाली कार्यन्वयन गर्ने, राष्ट्रिय सूचना प्रविधि अनुसन्धान केन्द्रको निर्देशिका, नेपाली तथा अन्य राष्ट्रभाषा प्रविधि अनुसन्धान केन्द्र स्थापना निर्देशिका आदि जारी गर्ने तथा दाङ र उदयपुरलाई सूचना प्रविधिको सहर घोषणा गरि आईटी कम्पनीहरू स्थापनाका लागि विशेष सेवा क्षेत्र घोषणा गरि तदनुरूप विकास गर्ने |




यी निर्णयहरूले पक्कै पनि द्रुत गतिमा परिवर्तनको आभाष दिने छन् | फेरी पनि सरकारलाई धेरै धेरै धन्यबाद! 

by: looflirpa

Oct 16, 2017

ध्रुविकृत नेपालको राजनीतिक भविष्य 

-
टीकाराम शर्मा रिजाल
 किर्तिपुरकाठमाडौँ  

पृष्ठभूमि -०१७ सालमा तत्कालीन राजा महेन्द्रले बाम  ध्रुवबाट डा. केशरजङ्ग रायमाझी (नेकपाका महासचिव ), कमलराज रेग्मी, डी. पी अधिकारी के. प्रजातान्त्रिक  ध्रुवबाट सूर्यबहादुर थापा, विश्वबन्धु थापाको साथ लिएर संसदीय व्यवस्था खारेज गरि पञ्चायती व्यवस्था लागू गरेका थिए | साम्यवाद पुँजीवादको  ध्रुवबाट व्यक्तिहरू टिपेर साम्यवादी पुँजीवादीहरूलाई लात्ताले हानेर गोल गर्न सफल भएका थिए | उत्तर दक्षिणमा रहेका गोल पोष्ट खाली गराएर ३० वर्ष सम्म पञ्चायत चल्यो / चलाएका थिए  | पछि यी विपरित  ध्रुवका नेताहरूमा पुष्पलालले पञ्चायती व्यवस्थासँग भिन्न मत राख्ने जो सुकै पार्टीसँग मोर्चाबन्दी गरि पञ्चायत ढाल्न सकिन्छ भन्ने नारा दिए भने विश्वेश्वर प्रसाद कोइरालाले राष्ट्रिय मेलमिलापको नीति   भनी   निर्वाशित जिन्दगी छाडेर नेपाल प्रवेश गरी सङ्गठन गर्न थाले | यसै बीच बाम-बाम  ध्रुवबीचकाङ्ग्रेस - काङ्ग्रेस  ध्रुवबीच  बामकाङ्ग्रेस अन्तरद्वन्द्व हुँदैकलहबाट सिक्दै ०३६ सालको आन्दोलन तथा ०४६ सालको आन्दोलन पछि राजा बहुदलीय व्यवस्था तथा संवैधानिक राजतन्त्र स्वीकार्न बाध्य भए |    

राजनीतिक परिवर्तनकै सिलसिलामा उनै काँग्रेस- कम्युनिस्टहरूको झगडा चुलिँदा ०५२ साल देखि माओवादी जन्म्यो०५७-०५८ सम्म आइ पुग्दा एक-अर्का नास भए, खुचिङ गरे दुई ध्रुव | सुनौलो अवसर आयो दरबारलाई  | यही मौकामा दरबार हत्याकाण्ड भयो | तत्कालीन राजा बिरेन्द्रको वंश विनाश भयो | फेरी सक्रिय राजतन्त्रको सुरुवात भयो | काङ्ग्रेस - कम्युनिस्ट रसाएका आँखाले हेराहेर गर्न थाले, फेरी जुट्न बाध्य भए | एमाले- काङ्ग्रेस ( संसदीय शक्ति ) जनयुद्धकारी शक्ति माओवादी मिलेर दोश्रो जनआन्दोलन गरेपछि ०६३ मा राजतन्त्रको पूर्ण रुपमा अन्त्य भयो |   

 राजतन्त्रको अन्त्यपछि संविधान सभाको चुनाब भयो छिटफुट रुपमा ध्रुवका चर्चा चलेपनि संविधान बनाउने कार्यमा दुवै ध्रुव मिलेर दुई कार्यकाल भरिमा संविधान बनाए संविधान बनाउने आफू स्थापित हुने कार्य एक साथ बन्दा नीति, विचार, दर्शन, राष्ट्र राष्ट्रियताका पगरी फालेर आफू मात्र स्थापित हुने तर्फ राजनीतिको धार  बग्न थाल्यो  
यिनै परिदृश्यमा रहेर समीक्षात्मक बहस भित्र-भित्रै चलाउँदा एमाले, माओवादी केन्द्र नयाँशक्ति केन्द्र बीच चुनावी तालमेल पार्टी एकताको तह सम्म पुगेपछि नेपालको राजनीतिक वृतमा खैला-बैला शुरु भएको बामहरू एउटा  ध्रुवमा  ध्रुवकृत हुने सङ्केत पाएपछि नेपाली काङ्ग्रेसको पहलमा अर्को ध्रुव बन्दैछ। अहिले -आफ्नो स्थान सुरक्षित गर्न नेताहरू सक्रिय देखिए पनि दर्शन, सिद्धान्त, विचार, सङ्गठन, इमान्दारिता, राष्ट्र प्रेम देश बनाउने भिजन छैन भने त्यो राजनीति कानो हुन्छ तसर्थ ध्रुविकृत राजनीतिको असर के पर्ला नेपालका राजनीतिक पार्टीहरूलाई यो प्रश्नले नेपालको राजनीतिक वृतमा मात्र नभएर दिल्ली, बेइजिङ ह्वाइटहाउसमा समेत तरङ्ग ल्याउँदैछ भन्नु कति सान्दर्भिक होला, छोटो चर्चा गरौँ

नयाँ संविधान निर्माणमा ९०सभासदले हस्ताक्षर गरे पनि मधेशवादी दलहरूको संविधान संशोधनको आन्दोलन कायमै रह्यो   संसोधन प्रस्ताव असफल भएपछि मात्र स्थानीय तहको चुनाब सम्पन्न भएको तर पनि मधेशका केही उचित मागबारे राष्ट्रले सम्बोधन गर्न बाँकी नै ०४६ पछिको राजनीतिक परिवर्तन मोटो रुपमा राजतन्त्र अन्त्य नयाँ संविधानको निर्माण नै हो राजनीतिक स्थिरताको अभावमा देश विकासको कुरा परिकल्पना मात्र हुँदोरहेछ, यो भने अनुभव सिद्ध ज्ञान हो यति हुँदाहुँदै पनि ध्रुव बन्नुध्रुव बनाएर अघि बढ्नु राष्ट्रलाई हित हुने देखिन्छ सयौँ पार्टीहरू दर्ता गराएर चुनाब लड्ने सांसद भएपछि त्यसलाई फगत जागिर सम्झने नाटक नेपाली जनताले छर्लङ्ग देखेका  छन् यी सय भन्दा बढी पार्टी वा पार्टीमा ध्रुविकृत हुने हो भने देशले अब उप्रान्त स्थाई सरकार पाउने देखिन्छ ०७ साल पछि अहिले सम्म वर्ष पुरा कार्यकालको स्थायी सरकार देशले नपाएको के सच्चाइ हैन ? संसदीय व्यवस्थाको उच्चतम् रूपको प्रजातन्त्र दाबी गर्ने मुलुक बेलायतमा लेबर कन्जरभेटिभ, अमेरिकामा रिपब्लिकन डेमोक्र्याट हुनुले पनि ढिलोचाँडो पार्टीमा मुलुक जानु पर्दा ध्रुवनै चाहिन्थ्यो   

त्यसैले यो समयमा नेपाली राजनीतिज्ञहरूले ध्रुव बनाउने पहल गर्नुले भारतमा पार्टीहरू ध्रुविकृत नहुँदा भारत भन्दा एक कदम नेपाली राजनीति अगाडि बढ्दै भन्न सकिन्छ
आन्तरिक कारणले ध्रुव बनेको हो - बाम ध्रुव बन्दा चीनको इसाराले लोकतान्त्रिक नामले ध्रुव बन्दा भारतको इसाराले भनेको अर्थ्याउनु गलत हुनेछ  -आफ्नो रुचि हुनु बेग्लै कुरा हो, अनि राष्ट्रको आफ्नो परिस्थिति तयार हुनु वास्तविकता हो  ध्रुव विदेशीको इसाराले बन्यो भन्नु नेपाली नेताको अवमूल्यन गर्नु हो तत्कालीन राजा महेन्द्र हुन् या विश्वेश्वर प्रसाद कोइराला, पुष्पलाल, मदन भण्डारी, गिरिजा प्रसाद, प्रचण्ड ओली राष्ट्रिय परिस्थिति सामना गरेरै परिचय बनाएका हुन्  ध्रुवको जन्मले विदेशमा तरङ्ग ल्याउने कुरा गौण हो नेपालका लागि नेपाल नेपाली जनता चीन-भारतलाई मित्र राष्ट्र मान्दै संसारभर असल मित्रता कायम गर्न चाहन्छन् तर भारतका शासक बर्गले भने नेपाल प्रति हेपाहा नीति बनाउनु, नाकाबन्दी गर्नुले पनि नेपालमा राष्ट्रियताका निम्ति जागरण अभियान गर्न आन्तरिक परिस्थितिले सिकायो भन्नु पर्छ, भारतले हैन  
सानो नेपाल नेपालीलाई भजाएर आफ्नो स्वार्थ सिद्ध गर्न चाहने कुनै पनि देश प्रति भने अब २१ शताब्दीको नेपाल जनता संसारका आँखीझ्याल बाट हेर्दै छन् नेपाल छो भन्ने छन्  

ध्रुवले हुने फाइदा - प्रथमत नेपाल सङ्घीयतामा प्रवेश गरि सक्यो यो सङ्घीयता कसको एजेन्डा बामको कि डेमोक्र्याटको ? यो समय पनि पार भइसक्यो बरु सङ्घीयता सफल कार्यन्वयन गर्न पनि केन्द्रिकृत बस यात्रा प्रणाली भन्दा सङ्घीयताको सात डिब्बा रूपी ट्रेन यात्राले धेरै नेतालाई स्थान दिने विकासलाई विकेन्द्रीकरण गर्न मात्र हैन धेरै नेताहरूलाई व्यवस्थापन गर्न सङ्घीयता चाहिने स्वस्थ प्रतिस्पर्धाबाट नेता वा नेतृत्व बन्ने हो भने विकासको सुरुवात हुन्छ केवल काङ्ग्रेसहरूले बामहरूलाई एक दलीय तानाशाह, चीनका दलाल, प्रजातन्त्रका भक्षक को सुगा रटाइ कम्युनिस्टले काङ्ग्रेसलाई थोत्रो साइकलजीर्ण रूख या भारतीय दलाल भनेर दोहोरी खेल्नु हानिकारक ध्रुव हुन्छ त्यसैले नकारात्मक टिप्पणी गर्ने ठाउँ हजार हुन्छन, तर सकारात्मक आँखाले सानो प्वालबाट संसार चियाउने बानी बसाल्न उत्तिकै जरुरी हुन्छ  

असल ध्रुव कसरी बनाउने ?
ध्रुव जन्मने भ्रुणहरू नीति, विचार, दर्शन, सिद्धान्त, राष्ट्रियता नै हुन् उसो कम्युनिस्ट काङ्ग्रेस नै विपरित ध्रुव हुन् सूक्ष्म रुपमा अध्ययन गर्ने हो भनेपनि लेबर कन्जरभेटिभ अनि डेमोक्र्याट  रिपब्लिकन यस्तै विपरित ध्रुवीय भ्रुण भेटिन्छन् उनीहरु परिमार्जित भै सकेका छन् हामीहरू बीच यात्रामा छौ त्यसैले विचार दृष्टिकोणको बहस नचलाएपनि दिशाबोध भने भएको देखिएको सबैकुरा अहिले छिनोफानो गर्न पनि आफ्नो स्थान सुरक्षित गर्न ससर्त  ध्रुव बन्दैछन्  सर्त होचुनावी तालमेलको  ध्रुव बनाउन नेतृत्व गर्नेले मिल्दा विचार भएकाहरूलाई उनीहरूको योगदानलाई मूल्याङ्कन गर्दै समेट्न सक्नु  पर्छ      यसो गर्दा पार्टीहरूले ओटा कुरामा भने ध्यान दिने पर्छ पहिलो हो - चुनावी तालमेलमा छुट्टाएका स्थानहरूमा इमानदारी पूर्वक साथ दिने, संयुक्त घोषणापत्र अनुसार काम गर्ने विश्वासको सङ्कटमा रहेको राजनीतिको बाधा हटाउने दोश्रो हो - हरेक पार्टीले आन्तरिक रुपमा टिकट दिँदा नेतालाई भेटी चढाउनु पर्ने, गुटगत चुक्ली लगाउनु पर्ने जस्ता घिन लाग्दाअसक्षमलाई नेतृत्व दिनु ध्रुव को पतनको बाटो भन्ने सम्झी गुटगत संस्कारबाट माथि उठेर योग्य व्यक्तिलाई पहिचान गरि उम्मेद्वारी दिएमा जनताले हार्दिकताका साथ साथ दिनेछन् अन्यथा ध्रुवको बीच बाटोमै रक्तश्राव हुन सक्ने देखिन्छ  

माथि भनिएको व्यवहार कार्यकर्ता व्यवस्थापन गर्न मूल्याङ्कन गरेर गए मात्र पार्टी धारिलो  बन्छ भन्न खोजिएको हो तर जनताको आँखामा नेता भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ किनकि यो युग पुरानो युग होइन, भारतबाट पठाएको चिठ्ठी नेपाल आउन एक महिना लाग्ने समय अब छैन यो कम्प्युटरको युग हो दिनको एक घण्टा इन्टरनेटमा बस्ने स्कुले बच्चाले पनि एकै छिनमा संसार देख्न सक्छ  
आज २५ लाख नेपालीले ५३ डिग्रीको गर्मीमा खाडी क्षेत्रमा गएर काम गरिराखेका छन् ।देश भित्र लाखौ हात खाली छन् सधैँभरि तिनीहरूलाई जिन्दाबाद मुर्दावाद सिकाएर देश उँभो लाग्दैन यो कुरा अब राजनीतिक क्रान्ति पुरा भयो भनेर मान्ने पार्टीले सम्म मनन गरेको कुरा हो
आर्थिक क्रान्ति पुरा गर्न ध्रुवअबको कार्यभार भनेको आर्थिक क्रान्ति भनेर पार्टीहरूले भनेपनि योजना कार्यक्रम बिनाको भन्ने खोक्रो हुन्छ वास्तवमा १५  वर्ष माथि ६० वर्ष मुनिका कुनैपनि नेपालीले  खाली हात  बस्न  नपरोस् भनेर कार्यक्रम बनाउनु जरुरी      ध्रुवीय  प्रतिस्पर्धामा भाषण, बहस हैन योजना, कार्यक्रम तिनको कार्यन्वयन जरुरी   हरेक नेपालीलाई योग्यता, क्षमता अनुसारको काम दिनका लागि मलेसियाका महाथिरसिङ्गापुरका लि क्वान यू  जस्ता नेपाली नायक तयार हुनुपर्छ अहिलेको अवस्थामा २५ या ३० लाख बेरोजगारलाई रोजगारीका लागि आन्तरिक स्रोत बाह्य स्रोत जुटाएर बजेट व्यवस्था गर्दै अर्जुन दृष्टिका साथ देश विकासमा होमिने हो भने वर्षमा लोडशेडिङ पूर्ण रुपमा अन्त हुन्छ, मध्यपहाडी लोक मार्ग सञ्चालनमा आँउछन्कोशी-गण्डक बाँधहरूको जोखिम घट्छ, सडकहरू बिस्तारित सुरक्षित बनाउन सकिन्छ, नेपालका सयौँ स्थान पर्यटकीय बन्छन्  खुर्सानी किनेर खाने कृषि प्रधान देश नेपालले फलफूल, खाद्यान्न माछा-मासु आदिमा देश भित्र बाटै पुराना रुपमा आत्मा निर्भर हुन सक्छ, खानी- खनिज सञ्चालनमा आँउछन्साना-ठुला-मझौला उद्योगहरू व्यवस्थित रुपमा प्रतिस्पर्धामा चल्न  थाल्छन्, मानक मापनका नमुना शहर बन्न थाल्छन्, नेपालीको आम्दानी कमसेकम १० हजार डलर प्रतिवर्ष पुग्छ यसरी स्कुल, कलेज, अस्पताल, वृद्धाश्रम, मठमन्दिर बनाउने कार्यमा तीब्र रुपमा ध्रुव प्रतिस्पर्धाधर-आँगनचोक, सडक सफा बनाउने प्रतिस्पर्धा ध्रुवको भएमा ध्रुव बन्नु फाइदाजनक हुनेछ

अतः  ध्रुव राजनीति गर्न भनिएपनि आर्थिक क्रान्ति गर्न, उत्पादन बढाउन, राष्ट्रियताको जगेर्ना गर्न साधक सिद्ध बन्नुपर्छ स्वस्थ राजनीतिक प्रतिस्पर्धा उत्तम बाटो हो भनेर चुनौती दिने . मदन भण्डारीले भनेझैँ स्वस्थ प्रतिस्पर्धा स्वीकार गरौँ देश जनताको विकास हुने कार्यक्रम बनाउन  जरुरी गालीको धुप बालेर राजनीति गर्ने तर कार्यक्रमिक प्रतिस्पर्धामा आउन नसक्ने पार्टी या ध्रुवहरू  यो संसारबाट डायनोसर लोप भएझैँ लोप हुनेछन  

-        टीकाराम शर्मा रिजाल
-        किर्तिपुर, काठमाडौँ