Jul 17, 2010

यो उहाँको मात्र आवाज हैन , यो हाम्रो देशका संचालक हरुको सोचको रिफ्लेक्सन हो

बिरोध रिजाल 
ए .आई . टि , थाइलेडं
१८ जुलाई , २०१० 
के प्रहरी संगठन भन्दा अपराधी हरुले आधुनिक प्रविधि उपयोग गरि रहेको हो त ?
यो प्रश्नको चर्चा गर्दा प्रविधि प्रयोग मा अपराधी हरु राज्य भन्दा धेरै अगाडी छ भन्ने कुरा प्रहरी ले स्वीकार गरि सकेको छ . प्रहरी अतिरिक्त महानिरिक्षक प्रकाश कुँवर भन्नु हुन्छ  नेपाल प्रहरी भित्र  विभिन्न बैज्ञानिक प्रविधि र आधुनिक प्रविधि को अवाब छ. गत बर्ष क आपराधीक क्रिया कलाप, जस्तै जमिम शाह, लाई हेर्दा पनि अपराधी ले प्रयोग गरेको प्रविधि धेरै नै अत्याधुनिक र बैज्ञानिक छ .

तर   हाम्रो "HOME MINISTRY" को  सहयक प्रबक्ता एक मणि नेपाल चै एस्लाई मान्न तयार हुनुहुन्न बरु उहा भन्नु हुन्छ " राज्य भन्दा अपराधी संग गतिलो हतियार , गतिलो शक्ति हुनु सक्दैन . म चै  स्विकार्दैन  नभएत राज्य जितिसक्थ्ये नि उनीहरुले  तपाईं , हामी संग मोबाइल छ , हामी कुरा गर्न प्रयोग गर्छौं अपराधी संग पनि मोबाइल छ उनीहरु त्यो अपराध गर्न प्रयोग गर्छन. हामी १८ औ सताब्धि मा छैनौ. अपराधी कहिले पनि राज्य भन्दा अगाडी हुन सक्दैन " ( सुन्नुहोस उहाकै आवाज , कति ढुक्क हुनुहुन्छ आफ्नू कुरा मा  http://www.unn.com.np/downloads/Kayakairan.mp3  , 18th july 2010,  audio16.45").
उहाँ का  कुरा सुन्दा लाग्छ प्रविधि भनेको बाहिर बाट  ल्याउने कुरा हो, किनेर ल्याउनु पर्छ . अनि ऊहा लाई थाहा छैन होला बिध्यमान प्रधिको संयोजन बाट धेरै नया कार्य हरु गर्न सकिन्छ .अहिले को युग सम्म आइपुग्दा सबै क्षेत्रमा सबै भन्दा अगाडी पुगेको राष्ट्र हो अमेरिका . अनि प्राबिधिक विकास त्यो पनि "IT"  मा प्राय सबै जसो विकास र सुरुवात तेही बाट हुने गर्छन . अमेरिका भित्र पनि प्रविधि को जननी थलो भनेको "सुरक्षा बिभाग ( Department of Defence)" हो . फाइटर देखि लिएर इन्टरनेट सम्म सबै जसो प्रबोधि तेही बिभाग बाट आएका छन् . 
तर हाम्रो "Home Ministry"  का बरिस्ठ हरु अपराधी द्वारा बिकसित कुरा हरुलाई मान्न तयार पनि हुनुहुन्न . अनि सूचना र प्रविधि को युग मा  "IT" बिना देश मात्र हैन संसार, समाज र मानब बिकाश हुन सक्दैन भन्ने कुरा प्रमाणित भै सक्दा पनि . हाम्रो राज्य र समाज का तथाकथित ठुला मान्छे हरु को येस्तो उदासिनता ले के राज्य लाई अगाडी बढौ ला त ?
कहिले आउला परिबर्तन यी सोंच हरुमा अनि होला हाम्रो देशको बिकाश .

No comments:

Post a Comment